काठमाडौं । इन्टरनेसनल डाटा ग्रुप (आईडीजी)ले आयोजना गरेको लास भेगास एनुअल कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) अन्तर्गतको एक समारोहमा ओप्पोलाई २ उपाधिले सम्मानित गरेको छ ।
आईडीजी भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक प्याट्रिक किनेलीले जारी गरेको विज्ञप्तिअनुसार ओप्पोलाई सन् २०१६/१७ का लागि ‘ग्लोबल टप स्मार्ट फोन्स ब्रान्ड’ र ‘ग्लोबल टप स्मार्ट कनेक्टेड डिभाइसेज ब्रान्ड’ उपाधि पनि प्रदान गरिएको छ ।
विज्ञप्तिमा सन् २०१६ मा ओप्पोलगायत अन्य स्मार्टफोन ब्रान्डहरूको बढ्दो सफलता, प्राविधिक अग्रता र तिनको वैश्विक विस्तारको विशेष सराहना गरिएको छ ।
यी ब्रान्डहरूको परिमार्जनका लागि निरन्तर अग्रसरता, परिस्कृतीकरण र नवप्रवर्तनको चाहनालगायत कुरालाई विज्ञप्तिमा विशेष प्राथमिकता दिइएको छ ।
सम्मान ग्रहण गर्दै ओप्पोका प्रविधि योजना निर्देशक लुमा लुले भविष्यमा प्रयोगकर्ताको आवश्यकताअनुसार हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन उपलब्ध गराउन प्रतिबद्धता जनाए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij