२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ऐश्वर्या रायले आत्महत्या गरेको झुटो समाचार भाइरल

ऐश्वर्या रायले आत्महत्या गरेको झुटो समाचार भाइरल

बलिउडकी निकै सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले आत्महत्या गरेको झुटो समाचार एकाएक भारतीय सोसल मिडिया र मेसेजिङ एपमा भाइरल भएको एक भारतीय समाचार एजेन्सीले जानकारी दिएको छ ।

झुटो समाचारका अनुसार ४३ वर्षीया ब्यूटी क्विनले बेहोस बनाउने औषधीको अत्यधिक प्रयोग गरी आत्महत्याको प्रयास गरेकी हुन् । श्रीमान् अभिषेक बच्चनको परिवारसँग निरन्तर झगडा भइरहेका कारण उनले डिप्रेसनमा यस्तो कदम चालेको बताइएको थियो । उनले एक म्यागजिनका लागि रणबीर कपुरसँग गराएको हट फोटोसुटका कारण बच्चन परिवार रुष्ट भएको सेमत ती झुटा समाचारले लेखेका छन् ।

उक्त निराधार समाचारका अनुसार बच्चन परिवारले ऐश्वर्यालाई आत्महत्याको लागि प्रयास गरिरहेका बेला भेटेका थिए ।

ती ब्लगले डाक्टरलाई उद्धृत गर्दै ऐश्वर्या चेतनामा फर्किसकेपछिको भनाई उल्लेख गर्दै भन्यो, ‘मलाई मर्न दिनुहोस्, यस्तो जीवन बाँच्नुभन्दा त म मरेकै जाती ।’

– जुम टिभी डट कम

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij