२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एशियन हाइड्रोपावरले मंसिर २७ देखि आइपीओ जारी गर्ने

एशियन हाइड्रोपावरले मंसिर २७ देखि आइपीओ जारी गर्ने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानीका लागि १ लाख ३६ हजार कित्ता छुट्याइएको छ । बाँकी २ लाख ४ हजार कित्ताका लागि अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ८४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीले छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

स्थानीय बासिन्दाले एनएमबी बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाका साथै नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सदस्य अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।कम्पनीको आइपीओलाई रेटिङमा एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले इलाम जिल्लामा ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना सम्पन्न गरी २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij