२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

एभरेष्ट बैंकको दुप्चेश्वर र बट्टारमा शाखा विस्तार

एभरेष्ट बैंकको दुप्चेश्वर र बट्टारमा शाखा विस्तार

????????????????????????????????????

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखाको समुद्घाटन गरेको छ ।

????????????????????????????????????

बट्टार शाखाको समुद्घाटन बिदुर नगर पालिकाका मेयर श्री सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा बिदुर नगर पालिकाका उपमेयर श्रीमती गिता कुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक श्री नर हरि रेग्मी, नेपाली सेनाका मेजर श्री प्रेम नारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । यसैगरि, दुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष श्री योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको ऋब्ःभ्ीक् च्बतष्लन मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij