[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं, १० भाद्र, २०७६ – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो ।
एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij