२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

एन्जल्स मार्ट सञ्चालनमा, सेवाग्राहीलाई लक्षित गर्दै दुर्घटना बीमा योजना

एन्जल्स मार्ट सञ्चालनमा, सेवाग्राहीलाई लक्षित गर्दै दुर्घटना बीमा योजना

We are at your service भन्ने नारा सहित तारकेश्वरको मनमैजुमा एन्जल्स मार्ट तथा  एन्जल्स इन्टरनेशनल सेक्युरिटी सर्भिस सञ्चालनमा आएको छ । शनिवार एक विशेष कार्यक्रम बीच

पवित्र बज्राचार्य, अध्यक्ष, एन्जल्स मार्ट

तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर वोहोराको प्रमुख आतिथ्यतामा उक्त मार्ट उद्घाटन गरिएको हो ।

यस मार्टले सञ्चालनको समयमा शुरुवातका दिनलाई लक्षित गर्दै विशेष छुट तथा बिमा योजना समेत सार्वजनिक गरेको छ । होम डेलिभरी सेवा समेत उपलब्ध गराउने यस मार्टले हाल २ हजार भन्दा माथिको सामान खरिद गर्ने व्यक्तिलाई १ लाख रकम बराबरको दुर्घटना बिमा योजना सञ्चालन गरेको छ । स्थानीय उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर आफूहरुले यो योजना ल्याएको मार्टका अध्यक्ष पवित्र बज्राचार्यले बताएका छन् । आगामी दिनमा पनि विभिन्न उपहार योजनाहरु आफूहरुले ल्याउन लागेको बज्राचार्यले बताएका छन् ।


नेपालमा मार्ट व्यवसाय निकै राम्रो किसिमले अघी बढिरहेको अवस्थामा यो मार्ट सञ्चालन गरिएको हो । पछिल्लो समय नेपालमा नयाँ क्षेत्रको रुपमा मार्ट व्यवसाय सामुहिक लगानीमा फस्टाउँदै गएको छ ।

मार्टमा सबै सामानहरु एकै ठाउँमा प्राप्त गर्न सकिने भएको र उपभोक्ताले स्तरीय सामान आफ्नो चाहना बमोजिम किन्न सकिने भएको कारण यस व्यवसाय तर्फ मानिसहरु आकर्षित भइरहेका छन् ।

हाल सञ्चालनमा आएको एन्जल मार्ट यसै मनमैजु क्षेत्रका उपभोक्ताको आवश्यकता महसुस गरेर सञ्चालनमा ल्याइएको बताइएको छ । आफूहरु नाफामुखी भन्दा पनि सामाजिक आवश्यकता र गुणस्तरीयतालाई मुख्य सर्त बनाएर अघी बढ्ने योजनामा रहेको बज्राचार्यले बताएका छन् । यस मार्टमा ग्रोसरी आइटम लगायतका सामानहरु उपलब्ध हुनेछन् ।

तारकेश्वर नगरपालिकामा ठूला व्यापारिक गतिविधिहरु अहिले सम्म अघी बढ्न नसकेको अवस्थामा आगामी दिनमा यस क्षेत्रमा निकै राम्रो सम्भावना हुन सक्ने देखेको कारण आफूहरुले यो मार्ट सञ्चालन गरेको बज्राचार्यले बताए ।
पछिल्लो समय यो व्यवसाय प्रतिष्पर्धात्मक समेत बन्दै गएको र हाल काठमाडौं उपत्यकामा १ हजारको हाराहारीमा मार्ट व्यवसायहरु विस्तार भइसकेको हुन सक्ने एन्जल मार्टसका अध्यक्ष तथा खुद्रा व्यापार संघका समेत अध्यक्ष रहेका पवित्र बज्राचार्यले बताएका छन् ।


पूर्वाधार र प्रविधियुक्त मार्ट व्यवसायमा अहिले उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij