२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एनसेलले पायो सर्वोत्कृष्ट विज्ञापन करदाता सम्मान

एनसेलले पायो सर्वोत्कृष्ट विज्ञापन करदाता सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको अग्रणी जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ ।

महानगरको २९ औं महानगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सोमबार आयोजित समारोहमा सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको हो ।

समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदरपत्र हस्तान्तरण गरे ।

काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष ०७२-७३ मा विज्ञापन करतर्फ सबैभन्दा बढी भुक्तानी गरी महानगर निर्माणमा अतुलनीय योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

महानगर कार्यलयले आव ०७२-७३ मा ४ करोड १७ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको थियो । उक्त रकमको १ तिहाइ योगदान एनसेलले गरेको महानगर कार्यालयले  जनाएको छ ।

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मान पाइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार एनसेलका ग्राहक नेपालभर १ करोड ४३ लाख छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij