सामुदायिक प्रहरी केन्द्र बालाजु, सृजनशिल विद्यार्थी समाज र सृजनशिल महिला समूहको संयुक्त आयोजनामा विहीवार नेपालटारको नेपाल राष्ट्रिय माविमा लागु पदार्थ दुव्र्यसनी विरुद्ध विशेष प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । 

सृजनशिल विद्यार्थी समाजका अध्यक्ष बाबुराम कुवँरको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल राष्ट्रिय मा.वि.की प्रिन्सिपल निर्मला शाक्य विशेष अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो । जय महादेव क्लबका अध्यक्ष तथा रक्तदान क्षेत्रमा विशेष सक्रिय देवेन्द्र महर्जन, तारकेश्वर वडा नम्बर ११ का सदस्य प्रज्ज्वल विक्रम थापा, बालाजु सामुदायिक प्रहरी केन्द्रका प्रहरी नायब निरीक्षक डोलराज अर्याल, युवा शशक्तिकरण अभियानका अध्यक्ष तथा युथ मोटिभेटर सुसान्त सर्मा, सेतोघर डट कमका कार्यकारी निर्देशक कमल पन्थी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसनी विरुद्ध विशेष सचेतना सन्देशमूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै युवा सचेतक सुसान्त सर्माले आफू राम्रो हुने वा नराम्रो हुने भन्नेमा आफ्नो भूमीका नै महत्वपूर्ण रहने बताए । सफल र असल नागरिकको मुलुकमा आवश्यक रहेको भन्दै उनले यसको निम्ति सकारात्मक सोच विकास हुनुपर्ने कुरामा जोड दिए । एउटै बुबाबाट जन्मेका छोराहरु मध्ये पनि बुबा दुव्र्यसनमा परेको अवस्थाको कारण एउटा छोरा बुबा जस्तै दुव्र्यसनमै लागेको र अर्को छोरा चाहिँ समाजको प्रतिष्ठित पात्र बन्न सफल रहेको उदाहरण दिँदै उनले आफू कस्तो बन्ने भन्ने कुरा आफ्नै हातमा रहने प्रष्ट पारे । साथै एउटै घटनाबाट पनि फरक सन्देश लिन सकिने कुरा बताउँदा कार्यक्रममा उपस्थितहरुले निकै चासोको
साथ उक्त कुरा सुनिरहेका थिए ।
बालाजु सामुदायिक प्रहरी केन्द्रका प्रहरी नायब निरीक्षक डोलराज अर्यालले दुव्र्यसनमा परेको व्यक्तिले आफू मात्र नभई परिवार र समाजमा समेत निकै नराम्रो प्रभाव पार्ने बताएका थिए । दुव्र्यसनमा रहेका व्यक्तिले प्रस्तुत गर्ने लक्षणहरुको बारेमा बताउँदै उनले विद्यालय तहको पाठ्यक्रममा समेत प्रभावकारी तवरले दुव्र्यसनी विरुद्धको शिक्षा राख्नुपर्ने कुरामा जोड दिए । सचेतनामूलक कार्यक्रमहरुबाट समेत यस्ता क्रियाकलापमा कमी ल्याउन सकिनेमा उनको जोड थियो ।
कार्यक्रममा एनआर स्कुलकी प्रिन्सिपल निर्मला शाक्यले सच्चरित्रवान विद्यार्थी निर्माण गर्नको निम्ति समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रमबाट दुव्र्यसनीमा कमी आउनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

कार्यक्रममा समापनमा बोल्दै सभापति बाबुराम कुवँरले कार्यक्रम आयोजना गर्न विशेष सहयोग र समन्वयनकारी भुमीका निर्वाह गर्ने सबै प्रति आभार व्यक्त गरे । साथै उक्त कार्यक्रमबाट सिकेको कुरा व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह कार्यक्रमको समापन गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij