काठमाडौँ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने एनआइसी एसिया बैंकले कोभिड १९ महामारीका बेला विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सय रुपैयाँसम्म रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
भदौ ८ गते सुरु भएको यो योजना भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय रुपैयाँसम्मको कारोबार ग्राहकले गर्नुपर्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा, सुविधा प्रदान गर्दै आएको दाबी गर्ने उक्त बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत उत्साहजनक विद्युतीय कारोबार हुँदै आएका बेला कोरोना भाइरसजन्य विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङमार्फत गर्न ग्राहकलाई प्रोत्साहित गर्न यो योजना ल्याएको जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij