२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

एक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ । आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै बढेको हो । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

बिहान-दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ ।’ उनले भने, ‘तर हिजो आज आकाश प्रष्ट रुपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij