२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालगन्जमा भेटिएकाहरु  ४ महिला र ५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij