
काठमाडौं : बिहीवार देशभरका ४१ जिल्लाबाट ३ सय ६० जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भएकाे छ ।
यसरी काेराेना पुष्टि हुनेहरूमा सबैभन्दा बढी काठमाडौंका छन् ।
एकैदिन काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै यसले ठूलाे तरङ्ग सृजना गराएकाे छ ।
साेहीदिन काठमाडाैंसँगै भक्तपुरमा १ जना र ललितपुरमा समेत १० जना थपिएका छन् ।
अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं, १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्।
उपत्यकाकाे अवस्था गम्भीर बन्दै गएसँगै शुक्रवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुकाे बैठक बोलाइएकाे छ।
बैठकले उपत्यकाभित्र बढ्दै गएको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गरी निष्कर्ष निकाल्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij