काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) का दुईजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द भएका छन् ।
ट्राफिक महाशाखाका प्रबक्ता वामदेव गौतमले बग्गीखानाको अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्द भएको जानकारी दिए ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले तीन सय ७५ जना नै क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ ।
करिब ४ सय प्रहरी क्वारेन्टाइनमा बसेपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।
उपत्यकाभित्र १ हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij