काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको खोड्कु खोला र गौरीघाट आसपासको बागमती नदीले सतर्कताको तह पार गरेको छ।
महाशाखाले नदी र खोलामा पानीको सतह पार गरेका कारण आसपासका बस्तीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै भक्तपुरको हनुमन्ते खोला र ललितपुरको मनोहरा खोला तथा मकवानपुरको लाल बकैयाँमा पनि पानीको सहत बढ्दै गएको महाशाखाले जनाएको छ। नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले आसपासका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij