२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उद्योगी व्यवसायीको धन सुद्धीकरण हुनुपर्छ : महानिर्देशक भट्टराई

उद्योगी व्यवसायीको धन सुद्धीकरण हुनुपर्छ : महानिर्देशक भट्टराई

 

 

काठमाण्डौ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको धन सुद्धीकरण हुनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महानिर्देशक भट्टराईले भने, ‘सबैको धन, मन सुद्धीकरण गर्नुपर्छ, कारोबारलाई विचार गर्नुपर्छ, कारोबार विधिसम्मत छ कि छैन भन्ने अभिलेख हुनुपर्छ, सम्पत्ति अभिलेख हुनुपर्छ ।’

यस्तै उनले समाजमा शान्ति कायम गर्न पनि सम्पत्तिको अभिलेखलाई चुस्तदुरुस्त राख्नुपर्ने बताए । ‘यो देशको विश्वसनीयताको विषय पनि हो,अभिलेख भएन भने बैकिङ कारोबार तथा सटहीका विषयमा पनि जटिलता उत्पन्न हुन्छ,’ उनले भने ।

उनले अहिले देश ग्रे जोनमा रहेकाले यसबाट हट्नका र देश जोगाउनका लागि लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij