उद्योगपति तथा नाडा अटोमोबाइल एसोसिएसनका पुर्व अध्यक्ष रुप ज्योति पक्राऊ प्रकरणलाई लिएर अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाले प्रेश विज्ञप्ति प्रकाशन सहित विरोध प्रकट गरेको छ ।
नाडाका महासचिव सुनिल रिजाल द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा विगत लामो समय देखि प्रतिष्ठित उद्योगपतिको रुपमा मुलुकको व्यापार व्यवसाय र उद्योगधन्दाको स्थापना र प्रवद्र्धनमा विशेष योगदान पु¥याउनुहुने साथै संस्था (नाडा)का पुर्व अध्यक्ष समेत रहनुभएका डा. रुप ज्योति तथा उहाँका पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर गरिएको गिरफ्तारी प्रति एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

उद्योगी रुप ज्योतिको विरुद्धमा परेको मुद्धा उपर देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी गरी विवादको समाधान गर्न सकिने विकल्प हुँदाहुँदै पनि गंभिर प्रकृतिको कसुर अन्तरगर पक्राउ गरी म्याद थप गर्ने र थुनामा राख्ने लगायतका कार्यहरुले नेपालको समग्र निजी क्षेत्र नै हतोत्साहित भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै दुई पक्ष बीच लेनदेन कारोबार भएको र अदालतमा धरौटी रकम समेत राखिसकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिकोले अब आवश्यक अनुसन्धान छिटो सम्पन्न गरी अदालतमा पेस गरेर न्यायका लागि मार्ग प्रशस्त गर्नुपर्ने आग्रह समेत विज्ञप्ति मार्फत नै गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij