स्थानीय किसानहरुको जनजीविकामा महत्वपूर्ण सहयोग पुर्याउने योजनाको साथ नुवाकोटको म्याधाङ गाउँपालिकाकाे वडा नम्बर २ र ४ मा पर्ने किम्ताङ र बुङ्तानका १ सय ७० जना कृषकहरुलाई उच्च मूल्यका तरकारीजन्य कृषि वस्तुहरूकाे उत्पादन, थाेपा सिँचार्इ प्रविधिकाे प्रयाेग र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
नेपाल एग्रो लाइफ प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा AWO ले आर्थिक सहयोग उपलब्ध गराएको हो भने CARDSAN र सर्वोदय नेपाल नामक २ संस्थाले उक्त तालिम सञ्चालन गरेका हुन् ।

उच्च मूल्यका गुणस्तरीय तरकारीहरु उत्पादनमा विशेष सहयोग गर्ने उद्धेश्य बमोजिम सञ्चालन गरिएको उक्त तालिमले स्थानीयस्तरमा कृषि सम्बन्धी जागरण र उत्पादनमा वृद्दि ल्याउनमा निकै सहयोग गर्ने अपेक्षा लिइएको छ ।
नर्सरी देखि पोष्ट हार्भेस्ट सम्मका विभिन्न प्रक्रियाहरु तथा त्यस क्रममा अाउन सक्ने राेग र कीराकाे सङ्क्रमण र त्यसकाे निम्ति अपनाउनुपर्ने विधिहरू सहित सञ्चालन गरिएको उक्त तालिमबाट कृषकहरुले मनग्य लाभ लिएका छन् ।
तालिम खासगरी कृषि प्रविधि र बाली व्यवस्थापनमा केन्द्रित रहेको नेपाल एग्रो लाइभ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन गैरेले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउनुभएको छ ।
कृषि क्षेत्रलाई रोजाईको क्षेत्रको रुपमा विकास गर्न र कृषिलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउनको निम्ति यस्ता कार्यक्रमहरु निकै नै आवश्यक रहेको बताउँदै तालिम लिएका कृषकहरुलाई व्यावसायिक बन्नको निम्ति समेत सहयोग गर्न आफूहरु तयार रहेको समेत राजन गैरेले बताउनुभएको छ ।
उक्त तालिमका प्रशिक्षकहरूमा नेपाल एग्राे लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरे र नेपाल एग्राे लाइभका संयाेजक दीपक खनाल हुनुहुन्थ्याे । त्यसैगरी उक्त कार्यक्रममा सर्वाेदय नेपालका संयाेजक वाेरिस वाग्ले, सचेतना तथा मूल्याङ्कन अधिकृत कर्मा डाेल्मा गुरूङ, फिल्ड कर्मचारी तथा म्याधाङ गाउँपालिका २ र ४ नम्बर वडाका वडा अध्यक्षहरूकाे संलग्नता रहेकाे थियाे ।


ग्रामीण क्षेत्र अन्तरगत पर्ने उक्त क्षेत्र कृषिकाे व्यावसायिकरणमा निकै पछाडि रहेकाेमा तालिमले महत्वपूर्ण सहयागे मिल्ने अपेक्षा गरिएकाे छ भने तालिम लिइसकेपछि स्थानीयहरू समेत निकै नै खुसी भएका छन् ।
तालिम सञ्चालन गरिएकाे उक्त क्षेत्र त्रिशुली देखि करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij