काठमाडाैं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै ‘लाखौँ लाख शुभकामना’ नामक बम्पर योजना सार्वजनिक गरेको छ। विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको हो।
कम्पनीका अनुसार योजनाअन्तर्गत हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, बम्पर पुरस्कारतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ जित्ने अवसर पाउनेछन्।
योजनाबारे जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा प्रयोगकर्तालाई थप प्रोत्साहन र खुसी बाँड्ने उद्देश्यले यो योजना ल्याइएको बताउनुभयो। उहाँले रेमिट्यान्स सेवा प्रयोग गर्ने सम्पूर्ण ग्राहकलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै नयाँ वर्षको शुभकामना समेत व्यक्त गर्नुभयो।
यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विभिन्न देशबाट ई–सेवा मार्फत रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुनेछ। विजेताको छनोट ‘लकी ड्र’ प्रणालीबाट गरिने कम्पनीले जनाएको छ।