२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

ईशा कार्कीको ‘तिमि र म घुम्न जाउँ’ सार्वजनिक (भिडियोसहित)

ईशा कार्कीको ‘तिमि र म घुम्न जाउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका ईशा कार्कीको नयाँ गीत ‘तिमि र म घुम्न जाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुमधुर आवाजकी धनि लोकप्रिय गायिका ईशा कार्कीले दर्जनौ कर्णप्रिय गीतहरु नेपाली सांगीतिक बजारमा पस्किसकेकी छिन्।  बिदेशी भूमिमा बसेर पनि नेपाली गित संगीत, कला संस्कृति र साहित्यलाइ अगाध माया गर्ने गायिका ईशा दर्शक श्रोता माझ समेत उत्तिकै लोकप्रिय छिन। म्युजिक भिडियोलाइ अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसको वे एरिया र कोलोराडोमा आकर्षक ढंगले छायांकन गरिएको छ।

गीतमा शब्द, संगीत तथा स्वर गायिका ईशा कार्कीकोनै रहेको छ भने उनलाई स्वरमा गायक साजन लामाले साथ दिएका छन्।

“तिमी र म घूम्न जाउँ” मा अमेरिकामा बस्दै आएका लोकप्रिय नायक नवराज श्रेष्ठ र गायिका इशा कार्कि फिचर्ड गरिएको छ भने भिडियोमा अन्य कलाकारहरु इरिना ठकुरी, रन्जु पाण्डे, अमृत जंग कुँवर, रेशम लाल गौतम, जेम्स र पुरुशोतमले अभिनय गरेका छन्।  छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ।

सार्बजनिक म्युजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडियोको परिकल्पना तथा छायांकन ब्यबस्थापन अमृत जंग कुँवरले गरेका थिए।

नायक नबराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष हुन्। नेपाली चलचित्र तथा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल नायक नबराज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij