२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

इन्नोभेटिभ इन्जिनियरिङ अब थप याेजना सहित बुद्धनगरमा

इन्नोभेटिभ इन्जिनियरिङ अब थप याेजना सहित बुद्धनगरमा

विगत केही महिना पहिले देखि सञ्चालनमा आएको इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसेसले आफ्नो सेवालाई थप विस्तार गर्ने योजनाको साथ कार्यालयलाई बुद्धनगरमा सारेको छ ।

शुभ दिन ठहर्याएर प्रवेश गरेको यस कम्पनीले अहाज पूजाआजा सहित नयाँ कार्यालयको उद्घाटन गरेको छ । कार्यालय उद्घाटनको निम्ति आफू निकटका विभिन्न संस्थाहरुमा आवद्ध व्यक्तिहरुलाई कार्यालयमा निम्त्याइएको थियो । नयाँ कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई कार्यालयमा केक तथा लड्डु समेत प्रदान गरिएको थियो ।
केक काटेर नयाँ कार्यालय उद्घाटन पश्चात् सेतोघरसँगको छोटो कुराकानीको क्रममा कम्पनीका प्रबन्ध निर्देशक अनुप खनालले आफ्नो कम्पनी स्थापनाको छोटो अवधिमा नै गुणस्तरीय सेवाको कारण सेवाग्राहीबाट आफूहरुले पाएको माया र सद्भावको कारण आफूहरुलाई थप अघी बढ्नको निम्ति हौसला मिलेको बताउनुभयो ।


तुलनात्मक रुपमा पहिलेको कार्यालय रहेको स्थान अहिलेको निम्ति अपुग भएको कारण अहिलेको परिस्थितिको निम्ति ठूलो क्षेत्रमा राख्ने र सेवा थप प्रभावकारी बनाउँदै लैजाने  मान्यता बमोजिम यस ठूलो क्षेत्रलाई आफ्नो रोजाईमा पारेको इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसेसका विजनेश डार्इरेक्टर हरि कृष्ण दवाडीले बताउनुभयो ।

हाल नेपालमा इन्जिनियरिङ सम्बन्धी काम गर्दै आएका अन्य थुप्रै कम्पनीहरु हुँदाहुँदै पनि आफूहरु भने नेपालमा फरक तवरले सञ्चालित हुने मान्यता बमोजिम इन्जिनियर तथा अनुभवी व्यक्तिहरुलानई साथमा लिएको कम्पनीका प्रबन्ध निर्देशक अनुप खनालले बताउनुभयो ।
कन्सल्टिङ तथा इन्जिनियरिङ सम्बन्धी आवश्यक सबैजसो कामहरु अब एकै ठाउँबाट प्रदान गर्ने मान्यता बमोजिम  कम्पनी सञ्चालनमा आएको समेत खनालको दाबी छ ।

हाल यस कम्पनीको सञ्चालन अनुप खनाल, हरि कृष्ण दवाडी र सागर शाहीबाट हुँदै आएको छ । आफूहरु सबै सम्बन्धित क्षेत्रको लामो अनुभव सहित सञ्चालनमा अाएको बताउँदै स्तरीय सेवामा निरन्तर प्रतिवद्ध रहने समेत बतााइएकाे छ ।
हाल यस कम्पनीमा १७ जना कर्मचारी आवद्ध छन् । अधिकांश कामहरु फिल्डमा नै आधारित हुन्छन् भने केन्द्रमा फिल्डबाट संकलित तथ्याङ्कको विष्लेषण लगायतका कामहरु केन्द्रमा रहेर गर्नुपर्ने हुन्छ ।

 

 

 

 

 

 

हाल सम्म अाइपुग्दा यस कम्पनीले हाइड्राेलाेजी तथा सेडिमेन्ट अध्ययन सम्बन्धी ३० अाेटा भन्दा बढी तथा टाेपाेग्राफिकल सर्भे र DGPS सम्बन्धी १५ अाेटा भन्दा बढी कामकाे कार्य सम्झाैता गरिसकेकाे छ । हाइड्राेलाेजी सेवालार्इ थप विस्तार गर्न कम्पनीले नयाँ साेनार मेसिन समेत खरिद गरिसकेकाे छ । आफ्नो निम्ति आवश्यक पर्ने सबैजसो सामानहरु समेत उच्च गुणस्तरका रहेकाे साथै ती सामानहरू जापान र कोरियाबाट आयात गरिँदै आइएको यसले गुणस्तरीतामा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

हाल कम्पनीमा १ कराेड भन्दा माथिकाे लगानी रहेकाे कम्पनीका निर्देशक सागर शाही बताउनुभयाे । साथै जियाेटेक्निकल काम पनि केही महिनामा नै शुरू हुने समेत उहाँले बताउनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij