२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

इन्जिनियरको क्षमता विकासको निम्ति निरन्तर तालिम आवश्यक रहन्छ : इन्जिनियर पाेखरेल

इन्जिनियरको क्षमता विकासको निम्ति निरन्तर तालिम आवश्यक रहन्छ : इन्जिनियर पाेखरेल

भेषराम पोखरेल, प्रबन्ध निर्देशक, क्रिएटिभ डिजाइनर्स एण्ड प्लानर्स प्रा.लि.

क्रियटिभ डिजाइनर एण्ड प्लानरले इन्जिनियरिङ क्षेत्रमा विभिन्न प्रकारका इन्जिनियरिङ डिजाइन तथा सुपरभिजनको काम गर्दै आएको छ । भवन विभाग, सडक विभाग, सिँचाई विभाग, विभिन्न नगरपालिका तथा गाऊँपालिकाहरुमा विभिन्न प्रकारका डिजाइन तथा परामर्शको कार्यमा क्रियटिभ डिजाइनर्स सक्रिय रहँदै आएको छ । क्रिएटिभ डिजाइनर्स एण्ड प्लानर्स प्रा.लि.का प्रबन्ध निर्देशक भेषराम पोखरेल हाल बदलिँदो युगमा प्रविधिमा विश्वले फड्को मारेसँगै आफूहरुले पनि सोही बमोजिम देशको विकासको गतिलाई तीव्रता दिन पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने मान्यता राख्दै आउनुभएको छ । साथै अबको पूर्वाधार विकास कार्य दिगो विकास अवधारणा बमोजिम योजनावद्ध रुपमा हुनुपर्ने ऊहाँको ठम्याई छ ।

प्रयाप्त अवसर भएको क्षेत्र :
नेपालमा राम्रो काम गर्न सक्ने इन्जिनियरहरुको लागि कामको प्रशस्तै अवसर र सम्भावना छ । अहिलेको व्यस्त समाजमा व्यक्तिको दैनिकीलाई सहज बनाउन, बढ्दो जनसङ्ख्यालाई धान्न प्राकृतिक स्रोतको सहज र किफायती रुपले प्रयोग गर्न र हाल प्रयोगमा रहेका प्रविधिको उच्चतम उपयोग प्रभावकारी किसिमले गर्दै यस क्षेत्र लगायत भविष्यमा आवश्यक पर्ने प्रविधि र जनशक्तिको लागि पनि काम गर्न सक्ने हो भने इन्जिनियरहरुको लागि कामको ठूलो अवसर र सम्भावना छ ।

विगतका दिनहरुलाई सिंहावलोकन गर्ने हो भने ५-७ बर्ष पहिले सम्म समाजमा जुन किसिमका रोजगारीहरुको सृजना हुने गथ्र्याे, हाल विश्वबजारमा विकास भएका प्रविधिहरुलाई नेपाली बजारमा समेत भित्र्याएर काम गर्ने प्रचलनको विकास भएसँगै नयाँ रोजगारीहरु समेत सृजना भएका छन् । विगतमा व्यक्तिमा निर्भर रहने रोजगारी सृजना अहिले आएर प्रविधिको उपयोगबाट सृजना हुन थालेका छन् । अझ अहिले त कम्प्युटर मार्फत नै विश्वबजारमा विकसित नयाँ प्रविधिहरुको जानकारी लिई विभिन्न टुल्सहरुको प्रयोग गरेर आफ्नो अनुकुलता बमोजिम सहजै काम गर्न र नयाँ सम्भावनाहरुको खोजी गर्न सकिने भएको छ ।

विगतका दिनहरुलाई सिंहावलोकन गर्ने हो भने ५-७ बर्ष पहिले सम्म समाजमा जुन किसिमका रोजगारीहरुको सृजना हुने गथ्र्याे, हाल विश्वबजारमा विकास भएका प्रविधिहरुलाई नेपाली बजारमा समेत भित्र्याएर काम गर्ने प्रचलनको विकास भएसँगै नयाँ रोजगारीहरु समेत सृजना भएका छन् । विगतमा व्यक्तिमा निर्भर रहने रोजगारी सृजना अहिले आएर प्रविधिको उपयोगबाट सृजना हुन थालेका छन् । अझ अहिले त कम्प्युटर मार्फत नै विश्वबजारमा विकसित नयाँ प्रविधिहरुको जानकारी लिई विभिन्न टुल्सहरुको प्रयोग गरेर आफ्नो अनुकुलता बमोजिम सहजै काम गर्न र नयाँ सम्भावनाहरुको खोजी गर्न सकिने भएको छ । यस प्रकारको विकासको गतिलाई हेर्दा अबका ५-७ बर्ष र त्यो भन्दा पछिका दिनहरुमा आवश्यक जनशक्ति फरक क्षमताका विकास हुनुपर्ने र बदलिँदो परिस्थिति बमोजिम बजारको मागलाई बुझ्न सक्ने समेत हुनुपर्ने देखिन्छ । त्यस किसिमको क्षमता विकास इन्जिनियरिङ क्षेत्रमा पनि आवश्यक रहने हुनाले इन्जिनियरहरु आफैं अध्ययनशिल तथा नयाँ विकसित प्रविधिको बारेमा जानकार हुनु जरुरी छ । साथै यस सम्बन्धी आवश्यक विभिन्न स्तरका इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित तालिमहरु समेत सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यसै बमोजिम नेपालमा पनि तीव्र गतिमा फड्को मारिरहेको इन्जिनियरिङ प्रविधिको विकास सँगसँगै साना, मझौला र ठूला परामर्शदाता फर्महरुले क्षमता बमोजिमको काममा जिम्मेवारी पाउने सम्भावना समेत उच्च छ ।

इन्जिनियरिङ क्षेत्र : विगत र वर्तमान
विगतमा नेपालमा इन्जिनियरहरुको सङ्ख्या कम थियो । हाल जस्तो नयाँ प्रविधिको विकास भएको थिएन । तर अहिले भने प्रविधिको विकास तीव्र रुपमा भइरहेको र स्रोतसाधन समेत सोही बमोजिम बढी नै प्रयोग भइरहेका हुँदा अब उपलब्ध स्रोतसाधनको किफायती प्रयोग गर्दै विकासलाई अघी बढाउनुपर्ने जरुरी छ ।

इन्जिनियरिको बढ्दैछ दायित्व :
अहिले दिनप्रतिदिन शहरी क्षेत्रमा बसोबास गर्नेहरुको जनसङ्ख्या बढ्दो क्रममा रहेको हुँदा त्यस अनुसारको आवश्यक पूर्वाधारको विकास गर्ने लगायत विभिन्न प्रकोपहरुलाई ध्यानमा राखेर गर्नुपर्ने विकास निर्माणको कामलाई हेर्दा राष्ट्र निर्माणमा हाल इन्जिनियरहरुको भूमीका अझ बढेर गएको छ ।
साथै हाल प्राविधिकहरुको लागि समाजमा ठूलो अवसर समेत सृजना भएको छ । अहिले संघीय संरचना अनुसार ३ तहको सरकार रहेकोले यी ३ तह बीचको सरकारमा आपसी समन्वय हुनुपर्ने आवश्यकता समेत निकै महत्वपूर्ण छ । साथै अहिले स्थानीय तहलाई पनि आफ्नो आवश्यकता बमोजिमको कार्य गर्न सक्ने गरी अधिकार दिइएको अवस्थामा अब स्थानीय जनताको चाहना बमोजिम विकास निर्माण कार्यले पनि गति पाउने अनुमान गर्न सकिन्छ ।

नयाँ प्रविधिको विस्तार र उपयोग :
विश्वमा हरेक दिनजसो नयाँ प्रविधिहरु आइरहेका छन्, ढिलोछिटो ती प्रविधिहरु नेपालमा पनि आएका छन् । तर नेपालमा बाहिरबाट आएका प्रविधिहरुको उपयोग गर्न हामी पूर्ण रुपमा तयार भने हुन सकेका छैनौं । जसले गर्दा हाम्रो परिस्थिति बमोजिम आधुनिक प्रविधिको प्रयोग गरी हाम्रा विकासनिर्माण कार्यहरुलाई तीव्रता दिन सकिएको छैन । यस परिस्थितिलाई विचार गर्दै देशमा भित्रिएका प्रविधिहरुको उच्चतम प्रयोग मार्फत विकासनिर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता छ ।

निर्माण सामाग्रीमा आएको विविधिकरण :
अहिले विश्वले जसरी नयाँ–नयाँ प्रविधिहरु विकास गरि आफुअनुकुल उपयोग गरेर समृद्धिको यात्रामा अघी बढेको छ, त्यससँगै नेपाल पनि विश्वबजारमा विकास भएका प्रविधिहरु अपनाउने कार्यमा अगाडि नै छ । निर्माण क्षेत्रमा पनि नयाँ प्रविधिहरु विकास भएका छन् । उदाहरणको रुपमा निर्माण सामाग्रीहरुलाई पनि लिन सकिन्छ । अहिले निर्माणजन्य सामाग्रीहरुमा समेत विविधिकरण आएको छ । विगतमा निर्माण सामाग्री अन्तरगत ढुंगा, गिटी, सिमेन्ट र बालुवा मात्र रहने गरेकोमा अहिले हाम्रो आवश्यकता र औचित्यता अनुसार नयाँ प्रविधिमा आधारित निर्माण सामाग्रीहरु निर्माण भएका छन् । बदलिँदो परिस्थिति बमोजिम नेपालमा परम्परागत रुपमा जुन सामाग्रीहरु उपलब्ध थिए, अब ती सामाग्रीहरुले मात्र हाम्रो आवश्यकता पूरा हुन सक्ने अवस्था नरहेको र कार्यक्षमता समेत बढाउनुपर्ने भएको कारण नयाँ प्रविधि अवलम्बन गर्नुको कुनै विकल्प छैन ।

राजनीतिक पहुँचको प्रभाव :
सबै कुराको राम्रो र नराम्रो पक्ष रहन्छ । सरकार कमजोर भएको अवस्थामा केही व्यक्तिले विभिन्न क्षेत्रबाट अतिरिक्त फाइदा लिइरहेका हुन सक्छन् । अहिले पनि कहिँकतै यस्तै रहेको पाउन सकिन्छ । यस्तो अवस्थाको आफ्नो फाइदाको लागि केही व्यक्तिहरुले राज्य मातहत सञ्चालित माथिल्लो निकायका उच्च पदस्थ व्यक्तिलाई प्रभावमा पारी धेरै काम आफूले हात पार्ने प्रचलन रहेको समेत पाइन्छ । आफू अनुकुल कामहरु हात पार्ने त्यस्ता कम्पनीहरुसँग कामको अत्यधिक चाप रहने भएको कारण समयमा आफूले जिम्मेवारी लिएका सबै कामहरु सम्पन्न गर्न गाह्रो हुने अवस्था रहन सक्छ । त्यस्ता कामको गुणस्तरीयतामा समेत विचार गर्नुपर्ने जरुरी छ ।

यसकारण हुन्छ न्यून गुणस्तरीय निर्माण :
एउटै कम्पनीले एकैपटकमा आफूसँग भएको क्षमता भन्दा बढी कामको जिम्मेवारी लिने प्रचलन नेपालमा रहेको पाइन्छ । यसरी सबै कामको जिम्मेवारी एउटै कम्पनीले लिँदा उक्त कम्पनीले एकैपटकमा सबै काम गर्न सक्ने अवस्था भने नरहन सक्छ । यस्तो अवस्था सृजना भए उक्त आयोजनाको म्याद थप गर्नुपर्ने हुन्छ । तर समयक्रम अनुसार निर्माण सामाग्री तथा अन्य स्रोतसाधनहरुको शुल्क भने त्यसबेला सम्म बढिसकेको हुन्छ । जसबाट पहिले गरिएको मूल्यांकन भन्दा आयोजना लागत समेत बढ्ने अवस्था रहन्छ । यस्तो अवस्थामा पहिले नै भएको सम्झौता बमोजिम काम गर्नको निम्ति न्यून गुणस्तरीय सामाग्रीहरुको प्रयोग गर्नुपर्ने बाध्यता सम्बन्धित कम्पनीलाई रहन सक्छ । यसबाट पनि विकासनिर्माण कार्य दिगो विकास अवधारणा बमोजिम हुन नसक्ने देखिन्छ । सार्वजनिक महत्वका योजनाहरुमा हुने विकासनिर्माण कार्य यसरी त्रुटि हुँदा त्यसले सामाजिक जनजीवनमा समेत नकारात्मक प्रभाव त पार्छ नै । यसकारण यस किसिमको व्यवस्थालाई अन्त्य गर्न सकिने नीतिगत व्यवस्था हुनु जरुरी छ । साथै कुन काम कसरी भइरहेको छ भन्ने सम्बन्धमा राज्य पक्षले विशेष निगरानी गर्दै राम्रो भइरहेको भए पुरष्कार र प्रोत्साहन तथा कमजोरी भए सुधारको अवसर वा कारवाहीको दायरामा ल्याउनुपर्ने जरुरी रहन्छ ।

नीति निर्माण क्रममा सम्बन्धित पक्ष छलफल :
विकासनिर्माण कार्य दिगो महत्वको हुने भएकोले यसलाई गुणस्तरीय तवरले सञ्चालन गर्नुपर्ने आवश्यकता रहन्छ । गुणस्तरीयताको निर्धारण तथा नियन्त्रण नीतिगत व्यवस्था बमोजिम हुने गरी गरिन्छ । यसरी नीतिहरु तय गर्ने क्रममा सम्बन्धित क्षेत्रमा कार्यरत निजी प्रतिनिधित्व हुनसके नीतिनिर्धारणमा सहजता र कार्यान्वयनमा पनि सहजता आउन सक्ने अवस्था रहन्छ । अहिले नेपालमा सबैजसो व्यावसायिक क्षेत्रमा संलग्न वर्गका आ–आफ्नै व्यावसायिक संस्थाहरु छन् । ती संस्थाका प्रतिनिधि बीचको सहकार्य पनि महत्वपूर्ण हुन्छ । इन्जिनियरिङ सम्बन्धी नीतिहरु तय गर्ने क्रममा यससँग सरोकार राख्ने परामर्शदाता, निर्माण व्यवसाय लगायत सँग सम्बन्धित संस्थाहरुका प्रतिनिधिहरु सँग समेत छलफल गरी उनीहरुको समेत राय लिएर नीतिहरु तय गरियो भने त्यस्ता नीतिहरु बढी व्यावहारिक हुन सक्छन् । तर अहिले सम्म भने कतिपय नीतिहरु लागु गर्ने क्रममा सरकार एकतर्फी रुपमा अघी बढेको पाइन्छ । त्यस्तो अवस्थामा कहिलेकाहीँ अध्ययनको कमीले पनि समस्या आउन सक्छन् । कतिपय नियमहरु अव्यावहारिक समेत हुने हुनाले ती नियमहरु पालना हुन नसकेको अवस्था छ । यस सम्बन्धमा पनि राज्य पक्ष सचेत बन्नुपर्छ । साथै कहिलेकाहीँ सरोकारवालाहरु सँग छलफल नहुँदा राज्यका नीतिहरु राम्रा हुँदाहुँदै पनि कार्यान्वयनमा लैजान गाह्रो हुने अवस्था पनि रहन सक्छ । यो कुरा राज्य पक्षले पनि विचार गर्नुपर्छ ।

इन्जिनियरिङ जनशक्तिको निरन्तर क्षमता विकासमा तालिम :
अहिलेको विश्वव्यापीकरणको समयमा निकै छोटो समयमा नयाँ–नयाँ प्रविधिहरु विकास भइरहेका छन् । यस्तो अवस्थामा नेपालमा अध्ययन हुने ४ बर्षे इन्जिनियरिङ कोर्षले मात्रै समय र परिस्थिति बमोजिम आइपर्ने सबै समस्याहरु समाधान गर्न सक्षम बनाउँछ भन्ने हुँदैन । त्यसकारण यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुको निम्ति क्षमता अभिवृद्धि तालिम निकै नै महत्वपूर्ण हुने गर्छ । त्यसकारण इन्जिनियरहरुलाई त्यसै बमोजिमको तालिम अत्यन्तै जरुरी रहन्छ । इन्जिनियरिङ क्षेत्र पूर्वाधारको डिजाइन र निर्माण सम्बन्धी काम गर्ने क्षेत्र हो । यी कामहरु सबै शहरी क्षेत्रमा मात्र हुुँदैनन् । ग्रामीण र विकट क्षेत्रमा समेत यस्ता कार्यहरु गर्नुपर्ने हुन्छ । त्यस क्रममा विकट क्षेत्रमा काम गरिरहेका इन्जिनियरहरुलाई पनि आफूले काम गरिरहेको क्षेत्रमा उपयुक्त हुने नयाँ तालिमहरु प्रदान गर्नु जरुरी छ । जसबाट इन्जिनियरको कार्यदक्षतामा वृद्धि हुन गई सम्पन्न गरिने कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ ।

इन्जिनियरिङलाई दिगो बनाउन सम्बन्धित रहने निकायहरु :
निर्माण कार्यलाई दिगो बनाउनको लागि त्यो सबै पक्षबाट बलियो हुनुपर्छ । इन्जिनियरिङलाई दिगो र गुणस्तरीय बनाउने कार्य इन्जिनियरको प्रयाशले मात्रै सम्भव हुँदैन । जुन संस्था मातहत रहेर कुनै काम गर्नुपर्ने हुन्छ, त्यस संस्थाको क्षमता र चाहना तथा स्रोतसाधनको उपलब्धता के छ भन्ने कुराले पनि महत्वपूर्ण भूमीका खेल्ने गर्छ । त्यसकारण नेपालमा इन्जिनियर मात्र राम्रो भएर हुँदैमा ऊ मातहत हुने सबै काम राम्रो तवरले सम्पन्न हुन्छन् भन्ने हुँदैन । अन्य परिस्थितिले पनि यसमा प्रभाव पार्दछन् । राज्यका नीति, बाह्य परिस्थिति लगायत कुराहरुमा समेत निर्भर हुन्छन् । यसलाई समाधान गर्न इन्जिनियरको भूमीका हुँदैन ।

तालिम प्रदायक संस्था विकासमा जोड दिनु आवश्यक :
राज्य पक्षले इन्जिनियरहरुलाई तालिम दिनको निम्ति तालिम सेवा प्रदायक संस्थाहरु समेत सञ्चालन गर्नुपर्ने आवश्यकता छ । साथै त्यस्ता तालिम प्रदायक संस्थाहरुले कसरी काम गरिरहेका छन् भन्ने सम्बन्धमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्छ । साथै राज्यले यस क्षेत्रको निम्ति लगानी समेत बढाउनुपर्ने हुन्छ । नेपालमा अहिले पनि यस कार्यको निम्ति राज्यको लगानी निकै कम भएको कारण जुन रुपमा गुणस्तरीयता दिनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

इन्जिनियरिङ क्षेत्र पूर्वाधारको डिजाइन र निर्माण सम्बन्धी काम गर्ने क्षेत्र हो । यी कामहरु सबै शहरी क्षेत्रमा मात्र हुुँदैनन् । ग्रामीण र विकट क्षेत्रमा समेत यस्ता कार्यहरु गर्नुपर्ने हुन्छ । त्यस क्रममा विकट क्षेत्रमा काम गरिरहेका इन्जिनियरहरुलाई पनि आफूले काम गरिरहेको क्षेत्रमा उपयुक्त हुने नयाँ तालिमहरु प्रदान गर्नु जरुरी छ । जसबाट इन्जिनियरको कार्यदक्षतामा वृद्धि हुन गई सम्पन्न गरिने कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ ।

राज्यको भूमीका :
पछिल्लो समय नेपालबाट ठूलो मात्रामा युवाहरु विदेशिइरहेको अवस्थामा बाहिरबाट राम्रो ज्ञान लिई नेपालमा फर्कने मानिसहरुको सङ्ख्या पनि ठूलै छ । यद्यपि उनीहरुलाई नेपालमा रही काम गर्ने क्रममा राम्रो अवसर प्रदान गरिनु जरुरी छ । उनीहरुको निम्ति नेपालमा काम गर्न उपयुक्त वातावरण बनाइदिने र कामको सम्मान गर्ने प्रचलन विकास हुन सकेको खण्डमा नेपालमा नै रहेर काम गर्ने र नेपालको विकासको निम्ति हातेमालो गर्न चाहने व्यक्तिहरुलाई थप प्रेरणा प्राप्त हुन सक्छ ।

आर्थिक बर्षको अन्तिममा हुने विकास :
नेपालमा विकासनिर्माणका कार्यहरु सरकारी झण्झटिलो नीतिको कारण आर्थिक बर्षको शुरुमा भन्दा अन्त्य तिर बढी हुने अवस्था छ । नेपालमा श्रावण देखि नयाँ आर्थिक बर्ष शुरु हुन्छ । आर्थिक बर्ष शुरु भएपश्चात्का केही महिना त विकासनिर्माणका कार्यहरु शुन्यप्रायः नै हुन्छन् । मुलुक अझै पनि निश्चित् नीतिविधिको आधारमा चल्न नसकेको कारण यस्तो समस्या आएको मान्न सकिन्छ । समयमा नै राज्यकोषबाट बजेट निकासा गरी काम अघी बढाउन सके कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij