काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।
यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले सरकारले स्वास्थ्य प्रणाली बचाउन पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ । सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर, एएनएएओले भने यो रकम पर्याप्त नरहेको बताएको छ ।
स्रोत : सीएनएन
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij