काठमाडौँ – काठमाडौँको बुढालिनकण्ठमा इटालीबाट फर्केकी एक महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।
३१ वर्षीय ती महिलालाई पिसिआर परीक्षणका लागि टेकु अस्पताल पठाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललेले जानकारी दिए ।
मेयर खरेलका अनुसार ती महिला चैतको पहिलो साता इटालीबाट फर्केकी थिइन् ।
इटालीबाट फर्केपछि २१ दिन घरमै क्वारेन्टाइनमा बसेको र त्यसपछि कुनै लक्षण नदेखिएपछि सामाजिक गतिविधिमा पनि संलग्न भएको पाइएको मेयर खरेलले बताए ।
‘२१ दिन क्वारेन्टाइन बसेको तर त्यसपछि भने आफन्त र छिमेकीसँगको संसर्गमा रहेको पाइएको छ’, मेयर खरेलले भने, ‘पिसिआरमा पनि पोजेटिभ पाइएपछि टोल सिल गरेर थप सतर्कता अपनाउने तयारी गरेका छौँ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij