ललितपुर महानगरपालिका २८ मा रहेको हरिसिद्धि इँटा तथा टायल कारखाना उद्योगको जग्गा विवाद तानिएपछि नेपाल कम्युनिस्ट पार्टी
नेत्रविक्रम चन्द ‘विप्लव’ले जग्गा बिक्री तत्काल रोक्न चेतावनी दिएको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लव समूहले यस्तो चेतावनी दिएको हो ।
भूमाफिया, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीको मिलेमतोमा जग्गा बिक्री वितरण गर्त लागेकोप्रति विप्लव समूहले आपत्ति जनाएको हो ।
विप्लप समूहले मालपोत कार्यालयको नाममा सो जग्गा कुनै व्यक्ति तथा कम्पनीको नाममा नामसारी नगर्न तथा भूमिसुधार कार्यालयलाई कुनै पनि प्रक्रिया अगाडि नबढाउन विज्ञप्तिमार्फत् चेतावनी दिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij