
काठमाण्डौं । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।
यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij