
आर्किटेक्टको महत्व
विश्वमा प्राकृतिक र मानव निर्मीत गरी मात्र दुई किसिमका वातावरणरु हुन्छन् । प्र्राकृतिक वातावरण जति महत्वपुर्ण छ , व्यवस्थित बसोबास, आकर्षक मानव निर्मीत संरचना र यसवाट सृजनाहुने “वास्तु–वातावरण” पनि त्यतिकै महत्वपुर्ण छ । किनकी हाम्रा कुनैपनि गतिवधि, क्रियालकलापका निम्ति वास्तु वातावरण आवश्यक हुन जान्छ । जस्तै की आराम गर्न आवास, सभा सम्मेलन गर्न सभाहल, खानपानको लागी भोजन गृह, काम गर्न अफीस , स्वस्थय उपचार गर्न अस्पताल, कामवाट थाकेर यसो टहल्न शहरी उद्यानहरु, आदी । तसर्थ मानव सभ्यतामा वास्तुकलाको ठुलो महत्व छ । वास्तुका भित्र सम्पुर्ण मानव प्रयोगको लागी आवश्यक आन्तरीक तथा बह्य सजावट शहीतको संरचना डिजाईन पर्दछ । अहिले हाम्रा शहर तथा भवन हरु कुरुप हुनु र शहरी सौन्दर्यता तथा वास्तुकला प्रतिको हाम्रो सौन्दर्यचेतमा हस हुँदै जानुमा सरकार र राष्ट्रले आर्किटेक्टलाई तथा आर्किटृक्चर विधालाई पहीचान गरी महत्व दिन नसक्नु नै मुख्य कारण हो ।
मानव मानिसहरुको बदलिँदो चाहना बमोजिम प्राकृतिक रुपमा निर्मित वातावरणमा प्रशाङ्गिक र प्राकृतिक वातावरणमैत्री परिवर्तन गरेको खण्डमा थप आकर्षित संरचना निर्माण हुन्छन । यस्ता संरचनाहरुले व्यवस्थित शहरीकरणमा विशेष सहयोग पुग्छ । साथै यसबाट हाम्र्रा शहरहरु आकर्षित हुन्छन र पर्यटकीय गञ्तव्य बनाउन सकेमा ठूलो परिमाणमा विदेशी पर्यटकहरु भित्र्याउन सकिन्छ । विश्वका थुप्रै देशहरु (जहाँ हाम्रो जसतो मनमोहक प्राकृतिक सौन्दर्यता छैनन्)मा मानव निर्मीत संरचनालाई नै पर्यटन आकर्षणको केन्द्रकाे रुपमा विकास गरिएको छ । ९जस्तैकी सिड्नीको ओपेरा हाउस , पेरीस को आइफल टावर आदी साथै हाम्रा मौलिक पहिचान झल्कने संरचनाहरु जुन असाध्यै राम्रा छन, तिनको समेत जगेर्ण गर्न सकेका छैनौं । जसले गर्दा हामीले परम्परागत रुपमा अभ्यास गर्दै आएका हाम्रा मौलिक सम्पदाहरु सङ्कटमा परेका छन् ।
कुनै पनि भौतिक संरचना निर्माण गर्ने क्रममा त्यसलाई कसरी सुन्दर, उच्चतम उपयोगी र व्यवस्थित बनाउन सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गर्ने विधाको रुपमा आर्किटेक्चर वा वास्तु विधालाई लिने गरिन्छ । यस्ता संरचनाको डिजाइन गर्ने आर्किटेक्टले पछि निर्माण हुने संरचनाको पहिले नै कलपना गर्ने र त्यस्ता संरचनाहरु सुन्दर, उपयोगी हुनुको साथ साथै सामाज र समयानुकुलताको हिसावले प्रशाङ्गिक बनाउन आर्किटेक्टको विशेष भुमिका रहने गर्छ । यद्यपि नेपालमा भने अहिले सम्म आर्किटेक्टको महत्वलाई जुन रुपमा सम्बोधन गरिनुपथ्र्यो, त्यस किसिमले आर्किटेक्टको महत्व बुझेको र आर्किटेक्टलाई स्थान दिइएको भने छैन । राज्य पक्षले समेत आर्किटेक्टलाई सिभिल इन्जिनियरको रुपमा नै बुझ्ने गरिएको छ ।
अहिले सम्म नेपालमा स्थानीय तह लगायतका सरकारी निकायहरुमा समेत आर्किटेक्टलाई जुन भूमिका दिइनुपर्ने हो, त्यो भूमिका उपलब्ध गराइएको छैन । जसले गर्दासरकारी सेवामा प्रवेश गर्ने क्रममा आर्किटेक्ट समेत सिभिल इन्जिनियरको रुपमा सेवामा प्रवेश गर्नुपर्ने अवस्था छ । यसको प्रत्यक्ष प्रभाव हाम्रा विकास कार्यहरुमा परेको छ । हामीले सुव्यवस्थित तवरले दिगो विकास गर्न नसक्नुमा आर्किटेक्टलाई राम्रो भूमिका उपलब्ध हुनु नै मुख्य समस्या हो ।
आवश्यक छ आर्किटेक्ट काउन्सिल
हामीले निर्माण गर्ने भवन तथा अन्य संरचनाहरुलाई निश्चित मापदण्ड बमोजिम निर्माण गर्ने संरचनाहरुलाई राम्रो तवरले निर्माण गर्नको लागि यस क्षेत्रमा संलग्न सबै आर्किटेक्टहरुलाई सङगठित गर्न र यस क्षेत्रमा संलग्न आर्किटेक्टहरुलाई समेत आवश्यकता बमोजिम प्रशिक्षणहरु सञ्चालन गर्नु जरुरी रहन्छ । यस क्षेत्रलाई थप व्यवस्थित बनाउन आर्किटेक्ट काउन्सिल स्थापना गर्नु जरुरी छ । राज्य पक्षको समेत संलग्नता हुनु जरुरी छ ।
नेपालमा आर्किटेक्चरको अवस्था
अहिले पनि अधिकांश नेपालीहरुमा वास्तु महत्व तथा सौन्दर्य चेतना सम्बन्धी व्यापक रुपमा पहुँच विकास हुन सकेको छैन । कुनै संरचना निर्माण गर्ने क्रममा राम्रो विज्ञान र कलाको संयोजनमा निर्माण कार्य सम्पन्न गर्ने क्रममा सबैभन्दा बढी महत्व आर्किटेक्टको नै रहने गर्छ । यससँगै सिभिल, मेकानिकल, इलेक्ट्रिकल, जियोलोजिष्ट लगायतका सबै प्रकारका इन्जिनियरहरुको समेत साथ लिएर भवन निर्माण गर्ने हो भने ती संरचनाहरु पूर्ण व्यवस्थित हुन सक्छन् ।
स्थानीय निकायसँगको सहकार्य
अहिले नेपालमा स्थानीय निकायहरु अन्तरगत विभिन्न प्रोजेक्टहरुमा अध्ययन तथा डिजाइन कार्य अघी बढेका छन् । यद्यपि यसरी अघी बढाइएका यस्ता प्रोजेक्टहरु डिजाइनमा मात्र सीमित हुने अवस्था पनि देखिएको छ । यसरी आयोजनाको डिजाइन मात्र गर्ने तर भौतिक संरचना निर्माण नगर्ने हो भने त्यसको कुनै अर्थ रहँदैन । यसकारण हामीले सम्भाव्यता अध्ययन गरी सोहीबमोजिम आयोजनाको नक्साङ्कन तथा डिजाइन गर्ने र ती आयोजनालाई समयमा नै पूरा गर्न सक्ने किसिमले हाम्रा गतिविधिहरुलाई अघी बढाउनु जरुरी रहन्छ ।
अबका दिनमा हामीले व्यवस्थित शहरीकरण एवं भू–उपयोग नीति बमोजिम हाम्रा विकास कार्यहरु अघी बढाउनु जरुरी छ । यद्यपि व्यवस्थित तवरले विकास कार्य अघी नबढाइने हो भने हाम्रो विकास दिगो हुन सक्दैन । सोही कारण हामीले हाम्रो जमीनको अवस्थिति अनुकुल जमीनको अवस्थिति र योजनावद्ध विकास योजना बमोजिम हाम्रा विकास कार्यहरु अघी बढाउनु जरुरी रहन्छ ।
काठमाडौंको विकासक्रम
काठमाडौं शहरको व्यवस्थित विकासको लागि अहिले सम्म कुनै पनि पहल हुँदै नभएका होइनन् । सन् १९६९ तिरनै व्यवस्थित काठमाडौैंको योजना तयार भएको थियो । यद्यपि त्यस योजना अनुसार काठमाडौंको विकास हुनुपर्नेमा त्यसो नभई ठीक उल्टो किसिमले हामीले काठमाडौं शहरको विकास ग¥यौं । उखाहरणको लागी हाम्रो काठमाडौं शहरलाई त्यतिबेला तयार गरेको व्यवस्थित योजना अनुसार उत्तरी भेगलाई खालि राखेर दक्षिणी भेगमा मात्र बस्ति विकास गर्नुपथ्र्यो, तर हामीले उत्तरी भेगमा बढदो जनधनत्व नियन्त्रण गर्न सकेनौ । यसरी अनियन्त्रित बस्तिको विकास हुँदा त्यसको मुख्य असर हाम्रा पानीका मुहानहरुमा पर्न गयो । सोही कारण हाम्रा पानीका स्रोत तथा खोलाहरु सुक्न पुगे । साथै प्रदुषण समेत अव्यवस्थित रुपमा बढ्न गयो । यस्ता कुराहरुलाई समेत हृदयङ्गम गरी विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य गरी विकास कार्य अघी बढाउनु जरुरी देखीन्छ ।
आर्किटेक्टहरु स्वतन्त्रता चाहन्छन्
आर्किटेक्टहरुलाई आफ्नो क्षमता बमोजिम काम गर्ने स्वतन्त्र वातावरण चाहिन्छ । नेपालमा पनि हामीले अहिले सोही बमोजिमको वातावरण पाउन नसकेको कारण हाम्रा संरचनाहरु जुन रुपले निर्माण गर्नु जरुरी रहन्थ्यो, त्यस किसिमले हाम्र्रा संरचनाहरु निर्माण गर्न सकेका छैनौं ।
मौलिक पहिचानलाई कायम राखौं
हामीले लामो ऐतिहासिक कालखण्ड देखि नै जुन रुपमा हाम्रो मौलिक पहिचान बनाउन सफल भएका थियौं, त्यो पहिचान अहिले कायम गर्न सकेका छैनौं । मल्लकालमा हामीले संरचना निर्माणको क्रममा प्रयोग गरेका मौलिक सौन्दर्यकलाहरु अहिले पनि विशेष पहिचानका माध्यम बनिरहेका छन् । अहिले जसरी विदेशी विभिन्न मुलुकहरुले आफ्नै पहिचान झल्कने गरी विभिन्न भौतिक संरचनाहरु निर्माण गरेका छन् । त्यसरी नै नेपालले पनि हाम्रो संस्कृति र मौलिक पहिचान झल्किने गरी हाम्रा विकास कार्य अघी बढाउनुपर्छ ।
जसरी हाम्रा अग्रजहरुले मल्लकालमा निर्माण गरेका संरचनाहरु समेत अहिले सम्मको लागि हाम्रो पहिचान झल्कने माध्यम बन्दै आएका छन् । त्यसरी नै अहिले पनि हामीले निर्माण गरेका संरचनाहरु भावी पुस्ताको लागि पनि स्मरणीय हुने गरी हाम्रो आफनै मौलीक समकालीन वास्तु शैली विकासमा जोड दिनु जरुरी छ ।
साथै शहरी सौन्दर्य कस्तो बन्ने कुरा शहरी क्षेत्रमा निर्माण हुने संरचनामा नै निर्भर हुने कारण हामीले सोही बमोजिम हाम्रा निर्माणजन्य गतिविधिहरु अघी बढाउनु जरुरी रहन्छ । साथै हामीले निर्माण सम्पन्न गरेपश्चात् हाम्रो शहर कम्तो देखिन्छ भन्ने कुरालाई आर्किटेक्टले पहिले नै बुझेर सोही बमोजिम संरचना निर्माण गर्न सकेको खण्डमा मात्र हाम्रो शहर राम्रो तवरले विकास हुन सक्ने अवस्था रहन्छ ।
समाजको आवश्यकता बन्दैछ आर्किटेक्चर
अहिले नेपालमा आर्किटेक्चर विधा जनताको आवश्यकता क्षेत्रको रुपमा विकास हुँदैछ । विगतमा घरहरु निर्माण गर्ने क्रममा सामान्य तवरले छानो मात्रै हालेर ढोका लगाउने व्यवस्था भए पुग्छ भन्ने मान्यता राख्ने हाम्रो समाज विस्तारै नयाँपनको खोजी गरिरहेको छ । यसरी नयाँपनमा आधारित रही संरचना निर्माण अहिले सम्म आवश्यक सबै संरचनाका ठूलो भवन निर्माण गर्ने क्रममा आर्किटेक्टको भूमिका निकै महत्वपूर्ण हुनुपर्ने भएपनि व्यावहारिक रुपमा भने आर्किटेक्टले कम भूमिका मात्र पाइरहेको अवस्था छ । वास्तवमा राम्रो तवरले भवन निर्माण गर्ने हो भने भवन निर्माणको क्रममा आवश्यक सबै जिम्मेवारी आर्किटेक्टलाई नै दिनु जरुरी रहन्छ । आर्किटेक्चर कला र विज्ञान दुवैको संयोजन हुने व्यापक क्षेत्र भएकोले आर्किटेक्टले भवन, आन्तरीक सजावट र शहर लाई समष्टीगत पुर्णतामा सोचेर निर्णय लिने क्षमता राख्दछ ।
मेरो आर्किटेक्चर क्षेत्रमा प्रवेश
सानै देखी वास्तुकला प्रति झुकाव र मानव निर्मीत वातावरणको विविधता प्रतिको कौतुहलता का कारण एस एल सी पश्चात नै थापाथली क्याम्पसबाट डिप्लोमा इन आर्किटेक्चर अध्ययन गरे र त्यस पश्चात् सन् २०१२ मा पुल्चोक क्याम्पसबाट आर्किटेक्चर अन्तरगतको स्नातक तहको अध्ययन पूरा गरी शहरी योजना विषयमा स्नातकोत्तर गरी शहरी योजना , मानव निर्मीत वातावरण र वास्तुकलाको क्षत्रमा सक्रिय रुपमा लागी रहेको छु । सन् २०१४ साल देखी भोक्शेल प्रा. लि. (voxel.com.np) मार्फत समायनुकुल, समकालिन र प्रशाङ्गिक रुपमा भवन तथा सम्पूर्ण मानव निर्मीत वास्तु वातावरणको सुन्दर अभिकल्प सेवा (design services) साथै पुर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेका छौ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij