२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आयल निगम महेन्द्रनगरका डीपो प्रमुख साहसहित तीनजना पक्राउ

आयल निगम महेन्द्रनगरका डीपो प्रमुख साहसहित तीनजना पक्राउ

आयल निगम महेन्द्रनगरका डीपो प्रमुख साहसहित तीनजना पक्राउ

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साहसहित धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

डीपो प्रमुख साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा नियन्त्रणमा लिईएको हो ।

पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेको बताउँदै आएको छ ।

केही दिनअघि भएको सहमतिमा पेट्रोलियम पदार्थ बितरण दुवानीमा अवरोध नगर्ने र बिलिंग गर्ने बताएपनि अबरोध र कृत्रिम अभाव सिर्जना गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष साह र पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघका अध्यक्ष किसुनदेव साह साख्खे दाजुभाइ समेत भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij