२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आज सम्पन्न मैत्रीपूर्ण फुटबलमा सेनाको जित

आज सम्पन्न मैत्रीपूर्ण फुटबलमा सेनाको जित

 

काठमाडौं, १८ चैत: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले रोमाञ्चक जित दर्ता गरेको छ। सेनाले पेनाल्टी सुटआउटमा रक्षा समाचारदाताको टोलीलाई ९–८ को अन्तरले पराजित गरेको हो।

निर्दिष्ट समयसम्म खेल ४–४ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीमार्फत टुंग्याइएको थियो। पेनाल्टीमा सेनाको टोलीले पाँच गोल गर्दा समाचारदाताको टोलीले चार गोल मात्र गर्न सक्यो। खेलमा रक्षा समाचारदाताका तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित उक्त प्रतियोगिता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औं स्थापना दिवसको अवसरमा सम्पन्न भएको हो। खेलको औपचारिक उद्घाटन सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै गरेका थिए।

प्रतियोगितामा सेनाका प्रवक्ता गौरवकुमार केसी र रक्षा समाचारदाताका उजिर कार्कीले आआफ्नो टोलीको कप्तानी सम्हालेका थिए। गत चार वर्षदेखि निर्देशनालयको वार्षिकोत्सवलाई विशेष बनाउन मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने परम्परा कायम रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij