२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौँ, १० चैतः आज विश्वभर विश्व मौसम विज्ञान दिवस विविध चेतनामूलक कार्यक्रमसहित मनाइँदै छ। समाजलाई जलवायुसम्बन्धी समस्याबाट सुरक्षित राख्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन (WMO) को स्थापना गर्ने महासन्धि लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। सुरुआती चरणमा जल तथा जलजन्य प्रकोप नियन्त्रणमा केन्द्रित रही सचेतनाका कार्यक्रम सञ्चालन गरिए पनि पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न गम्भीर संकटप्रति ध्यान केन्द्रित गरिएको छ।

यस वर्ष संयुक्त राष्ट्रसंघले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विशेष ध्यान दिएको छ। विश्वभर जलवायु परिवर्तनका प्रभाव गहिरिंदै गएपछि सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरण गर्नुपर्ने आवश्यकता अझै बढेको विज्ञहरूको भनाइ छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij