२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज विश्व दूध दिवस, दूध सेवनलाइ प्राेत्साहन गरी मनाइदै

आज विश्व दूध दिवस, दूध सेवनलाइ प्राेत्साहन गरी मनाइदै

“कोरोना भाईरसबाट आफू बचौं, अरुलाई पनि बचाऔं । दुध र दुग्ध पदार्थ प्रयोग गरौं, आत्मबल बढाऔं ।” भन्ने कुरामा जोड दिँदै आज विश्व दुग्ध दिवस मनाईंदैछ ।

दुग्ध दिवसको पूर्व सन्ध्यामा हिजो बेलुकी दुध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस पटकको नेपालको नारा “नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं” भन्ने रहेको छ ।

नेपाल डेरी एसोसिएसन बाम्मती प्रदेशको बौद्ध र जोरपाटी शाखाद्वारा विश्व दुध दिवस २०२० को पावन अवसरको पूर्व सन्ध्यामा जेष्ठ १८ गते नेपाल डेरी एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालज्यू, केन्द्रिय सदस्य श्री बद्रि प्रसाद ढकाल, नेपाल डेरी एसोसिएसन बागमति प्रदेश सदस्य श्री कृष्ण प्रसाद ढकालज्यू, बौद्ध, जोरपाटी शाखाका अध्यक्ष श्री भुवन कुमार थापाज्यू, सचिव कुमार ढकाल र बिनोद ढकालज्यूको उपस्थितिमा बागमति प्रदेश, जोरपाटी स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रद्वारा संचालित होस्टलमा रहेका करीब १५० जनालाई खीर खानको लागि ८० लिटर दुध, चामल र चिनी वितरण गरिएको हो ।

उक्त अवसरमा सो उक्त संस्थाका व्यवस्थापक खगेन्द्र नवजीवन केन्द्रका व्यवस्थापक ज्ञानेन्द्र अधिकारीले एसोसिएसन परिवारलाई धन्यवाद दिनुभयो भने महासचिव श्री प्रल्हाद दाहालले विश्व दुध दिवसको बारेमा बताउँदै दुधको महत्व बारे बुझाउनुभएको थियो ।

विश्व दुध दिवसको बारेमा

विश्व दूध दिवस जुन १, २००१ वाट विश्व खाद्य संगठनले मनाउन शुरु गरेको हो । नेपालमा पनि दूधको उपभोगमा वृद्धि गर्ने उद्देश्यका साथ सन् २०११ बाट मनाउन शुरु गरिएको हो । यसै सन्दर्भमा २० औं अन्तराष्ट्रिय विश्व दूध दिवस ९त्जझभकस् ल्गतचष्तष्यल · क्ष्म्ँुक च्बष्कभ ब ९ख्ष्चतगब०ि न्बिकक तय ध्यचमि ःष्पि म्बथ० द्दण्द्दण् नाराका साथ विश्वभर मनाउने भएको छन ।

नेपालमा विश्व दुध दिवस

नेपालमा विगत ९ वर्षदेखि राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा विश्व दुध दिवस मनाउँदै आएको छ । यस वर्ष पनि जुन १ मा १०औं पटक राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम हुँदैछ । नेपालमा “नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं” “म्चष्लप ःष्पि च्भनगबिचथि तय क्ष्लअचभबकभ क्ष्mmगलष्तथ” भन्ने नाराका साथ विश्व दूध दिवस जुन १, २०२० तदनुसार २०७७ साल जेठ १९ गतेका दिन राष्ट्रिय दुग्ध विकास वोर्डको संयोजकत्वमा सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रिय दुग्ध विकास वोर्ड, हरिहरभवन, ललितपुरमा मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij