मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष राशिको लागि दिन राम्रो रहेको छ । व्यावसायिक साझेदार तथा श्रीमती सँगको सम्बन्ध राम्रो हुनेछ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। मन दाेधार हुनेछ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृष राशिलाई ख्याती बढ्ने योग छ । प्रेम र मित्रता बलियाे बनाउने दिन छ। चाेट्पटक लाग्ने सम्भावना भएकाले बिशेष ख्याल राख्नु हाेल । आज बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आज क्राेध बढ्ने र धन हानिकाे याेग छ । प्रेममा सफलता हुने छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज तनाब बढ्ने दिन छ । आजकाे प्रतिष्ठित ब्यक्तिसंग भेट हुने याेग छ ।परिश्रमकाे उचित फल मिल्नेछ। बासना बढ्नेछ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजकाे दिन राम्रो छ । बौद्धिक स्तर बढ्ने छ। धार्मिक घुमघाम हुने याेग छ ।प्रतिष्ठा बढ्ने दिन छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि राम्राे योग छ । विभिन्न कुरा लाभ हुने दिन छ । आजकाे समय मध्यम बित्नेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि स्वास्थ्यमा प्रभावपार्ने योग छ । धार्मिक बार्तालाप हुनेछ । इच्छाशक्ति बढ्ने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजकाे दिन सबै आयाम बाट राम्रो छ । धैय र संयम अपनाउनुपर्ने दिन छ । आमदामी राम्रो हुने दिन छ । आध्यात्म तथा याेगतर्फ ध्यान बढ्नेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
बाेलिमा लगाम लाउनु हाेल। धन आर्जन हुनेछ । गरेका काम पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि रम्राे छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सुखमा अभिबृद्धि हुने छ ।खर्चालु समय छ । बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा सफलता मिल्नेछ।साथी भाइको सहयाेग मिल्नेछ। लुकेको प्रतिभा प्रस्फुटीत हुने याेग छ। कुल र परिवारकाे काममा लाग्ने दिन छ । उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
सानाे प्रयासले ठुलो सफलता मिल्नेछ। कर्म सिद्धिकाे याेग छ। पढाइ राम्रो हुनेछ । गृहिणीलाई कतिपय काम बिग्रन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक खर्च बढ्नेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । जय शम्भु ।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
सदमार्ग एष्ट्राेलाेजी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij