काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज रसुवामा समेत काेराेना संक्रमित भेटिएपछि नेपालका ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
तर सरकारले परीक्षण दर बढाउनुपर्नेमा त्यसकाे विपरीत परीक्षण दर घटेकाे मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ नमुनाको पीसीआर टेष्ट भएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।
मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै अर्थात ७ हजार ४ सय १६ काे नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४ हजार ६ सय ६ मा आइपुगेको छ ।
हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij