काठमाडौं । सोमबार थप तीन सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । उनीहरूमध्ये १४ जनाको मृत्यु भएको छ भने चार सय ८८ जना डिस्चार्ज भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij