२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ ९ गते शुक्रबारकाे राशिफल

आज ज्येष्ठ ९ गते शुक्रबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज हजुरलाइ आफन्तबाट सुख मिल्नेछ । बादबिबादमा बिजय हुने छ । चिताएका काम पूरा हुने छन्। यात्रामा कठिनाइ हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभवार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक पक्ष सबल रहने छ ।स्वास्थ्य सुदृढ रहने छ। मिष्ठान्न भाेजनकाे याेग छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। धर्मकर्ममा मन जाने छ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज खर्चमा वृद्धि आउने छ । मन चन्चल हुनेछ । काममा केही सफलता हातपर्ने छ । र्बिद्यार्थीकाे लागि ठिकै दिन छ । सद्भाव र प्रेममा कमि आउने छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आज आर्थिक लाभ हुनेछ । इच्छा सजिलै पूरा हुन सक्छ । हर्ष बढ्नेछ । बिद्यार्थीकाे लागि दिन राम्रो छ। प्रतिशप्रदिले काम बिगार्दिन सक्छन् विशेष ख्याल राख्नु हाेला । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कान्ति बढ्ने छ।पारिवारिक सुख मिल्ने छ । जस् पाउनु हुने छ । नया कामकाे लागि ध्यान जान सक्छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज स्वास्थ गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिकाे लागि परिवारको बिशेष साथ अनि सहयाेग मिल्नेछ । आजकाे समय राम्रो बित्ने छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज खर्च बढ्ने छ। गरेका काम बिग्रन सक्छन् बिशेष ख्याल राख्नु हाेला । बिद्यार्थीकाे लागि ठिकै दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक वृद्धि हुनेछ । ।मान प्रतिष्ठा मिल्ने छ। मन हर्षाे उल्लास मय हुनेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धन आर्जन हुने छ । गरेका काम पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि ठिकै छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मानसम्मानमा बढ्ने छ ।सामाजिक कार्यमा मन जाने छ । बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन ठिकै छ।खर्च बढ्नेछ । कार्यमा अवराेध आउनेे छ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन सबै आयामबाट राम्रो छ। पढाइ ठिकै हुनेछ । मिष्ठान्न भाेजनकाे अवसर मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन ।जय शम्भु ।।

ज्याे‍ पं विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij