२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ ७ गते बुधबारको राशिफल

आज ज्येष्ठ ७ गते बुधबारको राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज हजुरकाे दिन राम्रो छ।नाम दाम र इनाम कमाउन सकिनेछ । बादबिबादमा बिजय हुने छ । चिताएका काम पूरा हुने छन्। राेकिएका काम बन्नेछन् । यात्रामा लाभ हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।ह जुरकाे दिन शुभ हाेस् ।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लगानी बढने दिन हाे । आकस्मिक लाभ पनि हुन सक्नेछ । बिद्यार्थीकाे लागि राम्रो दिन छ । धर्मकर्ममा मन जानेछ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नुहाेला, आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक क्षेत्रबाट लाभ लिन सकिने छ।काममा केही सफलता हातपर्नाले मन रमाउने छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ ।सद्भाव र प्रेममा कमी आउने छ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् ।

?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कडा मिहिनेतमा मात्र कार्य सिद्धि हुनेछ । परिश्रमकाे उचित फल मिल्नेछैन । बिद्यार्थीकाे लागि दिन राम्रो छ। श्रममुलक काममा ध्यानाकर्षण हुन सक्छ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक काममा मन जानेछ र फाइदा पनि मिल्नेछ ।ब्यपार बिस्तारमा ध्यान जाने छ प्रयत्न गरेको काम सफल हुनेछ । जस् पाउनु हुने छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज स्वास्थ्य गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिकाे लागि दिन त्यति राम्राे छैन। झगडा वा विवाद वढ्न सक्छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

‍⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजकाे दिन साथी भाई र परिवार संग रमाउदै जानेछ । आज भावि याेजना बन्नेे छन् । आफन्तका बिचमा सम्बन्ध प्रगाढ हुने दिन छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ । प्रेम सम्बन्ध सुधार हुनेछ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् । आफ्नाे र परिवार काे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन हानि हुने र स्वास्थ पनि गडबड हाेला जस्ताे छ। ।मान प्रतिष्ठा सामान्य रहने छ। मानसिक तनाब बढ्ने छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् ।

?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास बढ्नाले काम बिग्रन सक्छ । धन आर्जन हुने छ । भाइबहिनी र छाेराछाेरीका लागि समय खर्चिनु पर्ने छ । गरेका काम ढिला पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि ठिकै छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)|
पारिवारिक जीवन ठिकै छ।रिस रागमा काम नगर्नु हाेला पूरा नहुन सक्छ । बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनु हाेला ।

?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अाजकाे दिन राम्रो छ,काममा हौसला बढ्ने छ। मित्र र सहयोगीले हात बढाउने छन् । अग्रज बाट सहयोग मिल्ने छ ।उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । अाफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।

?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन ठिकै छ। खरिद्दारिकाे काम नगरेकाे राम्रो हुनेछ । पढाइ ठिकै हुनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।जय शम्भु ।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij