
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा नवौं स्थानमा रहेकाे छ ।आज केही अधैर्य ,छट्पटाहाट रहनेछ । निकै काेशिष गर्दा मात्र सफलता हात पर्नेछ । स्वास्थ्यमा बिशेष ध्यानष दिनु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा दशौं स्थानमा रहेको छ । आज हजुरका कामनाहरु पूरा हुनेछन । आज हजुरका प्रतिद्वन्द्वीलाई सजिलै परास्त गर्न सक्नुहुनेछ । बाेलीमा बिशेष ख्याल गर्नुहाेला । धर्मकर्ममा मन जाने छ ।खर्च बढ्नेछ विशेष खयाल राख्नु हाेला। बिद्यार्थीकाे लागि आजकाे दिन शुभ छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वस्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेको छ। आज आत्मबिश्वाश्मा वृद्धि हुनेछ । नया कामकाे लागि साेच बन्ने छ । नयाँ ब्यक्तिसँग मिलन र दाेस्ति हुनेछ । र्बिद्यार्थीकाे लागि मिहिनेतफल मिल्ने दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् । आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा बार्हौं स्थानमा रहेको छ। आज पारिवारिक जीवन मध्यम रहने छ । हजुरले आज बाेलिमा संयम रखनु हाेला झगडा पर्ने याेग बनिराखेकाे छ । आज आल्स्यता छाउने छ ।आज खर्च बढ्नेछ ।बिद्यार्थी काे लागि आज धेरै मिहिनेत गर्नुपर्नेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला । घरमै बस्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन प्रथम स्थान यानिकी स्वराशिमा चन्द्रमा रहेकाे छ। आज उत्तम प्रकारको अन्न भाेजन मिल्नेछ । मित्रबाट सहयाेग र उपहार प्राप्त हुने छ ।काम गर्दा बिशेष ख्याल् राख्नु हाेला नत्र बिग्रन पनि सक्छ बिद्यार्थीकाे लागि मिहिनेतकाे फल मिल्नेछ ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दिन द्वितीय स्थानमा चन्द्रमा रहेको छ । ।आज आत्मबिश्वाश बढ्नेछ । कसैलाई सहयोग गर्दा फाइदा हुनेछ ।ब्यपारमा आज लाभ हुनेछ ।बिद्यार्थीकाे हकमा आज राम्राे दिनछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिको चन्द्रमा तेस्रो स्थानमा बिराजमान छ ।आज भाइबहिनीबाट सहयाेग मिल्नेछ । धार्मीक कार्य हुने छ वा धार्मीक यात्रा हुन सक्नेछ ।निकै परिश्रममा मात्र काम सफल हुने छ । बिद्यार्थीकाे लागि मध्यम दिन छ प्रेम सम्बन्ध मा सफलता मिल्ने छ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा चौथाे स्थान मा रहेको छ ।आज रिसमा काबु राख्नु हाेला । शान्तिसंग काम गर्दा सफलता मिल्नेछ । बिद्यार्थीकाे लागि मिहिनेत धेरै गरे मात्र कार्यमा सफलता हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा पाँचौं स्थानमा रहेकाेछ । परिवार वा सन्तानबाट सहयाेग मिल्नेछ । कलात्मक कार्यमा रुचि बढ्नेछ र ब्यक्तितब बिकास हुनेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ।सहयाेगकाे लागि हात बढाएमा राम्रो हुनेछ मधुर बाेलिकाे प्रभावले धेरै कार्य बन्नेछ । बिद्यार्थीकाे लागि राम्रो छ। विवादबाट टाढै रहनुहाेला । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेका छन् । आफ्नाे कुरा ठाउँमा राम्ररि राख्न सक्नुहुनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन उत्तम छ। सन्तानको सुख सुविधामा बढाेतरि हुनेछ ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेका छन् । परिवारमा सम्बन्ध राम्रो रहनेछ साथ सहयाेग मिल्नेछ ।मन प्रसन्न रहने छ । पढाइ राम्रो हुनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध राम्रो हुनेछ । स्वास्थ्य केही गडबडी आउने छ ख्याल गर्नु हाेला । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे-जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल, सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।
जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णुु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij