२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ १० गते शनिवारकाे राशिफल

आज ज्येष्ठ १० गते शनिवारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनकाे डर उत्साहमा रुपानतरित हुनेछ । बादबिबादमा बिजय हुने छ । इच्छा पूरा हुनेछन्। यात्रामा काे याेग छ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आम्दामीकाे नया श्राेत फेला पर्नेछ ।स्वास्थ्य सुदृढ रहने छ। रुचिकर भाेजनकाे याेग छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। धर्मकर्ममा मन जाने छ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज हाेस नपुर्याउदा घाटा बेहाेर्न पर्ने छ ।मन चन्चल हुनेछ । काममा केही सफलता हातपर्ने छ । र्बिद्यार्थीकाे लागि ठिकै दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आज नया काम हातपर्ने याेग छ। काम सजिलै पूरा हुन सक्छ । हर्ष बढ्नेछ । बिद्यार्थीकाे लागि दिन राम्रो छ। । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आेज बढ्ने छ।आस मारेकाे फल प्राप्त हुनेछ । जस् पाउनु हुने छ । नया कामकाे लागि ध्यान जान सक्छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज स्वास्थ गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भविष्यकाे लागि याेजना बन्ने छ । आजकाे समय उत्तम बित्ने छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा डर र त्रास पैदा हुनेछ । गरेका काम ढिलो बन्ने छन् बिशेष ख्याल राख्नु हाेला । बिद्यार्थीकाे लागि ठिकै दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिकपक्ष सबल हुनेछ । । प्रतिष्ठा मिल्ने छ। बादबिबादमा जित हुनेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन सामान्य छ। गरेका काम पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि ठिकै छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मानसम्मानमा बढ्ने छ ।सामाजिक कार्यमा मन जाने छ । बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन ठिकै छ।खर्च बढ्नाले चिन्ता बढ्ने छ । कार्यमा अवराेध आउनेे छ। हाेसियारि साथ काम लिनु हाेला । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन राम्रो छ। पढाइ ठिकै हुनेछ । सहयाेगि हरुकाे उच्चतम सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन ।जय शम्भु ।

ज्याे पं विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij