
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा नवौं स्थानमा रहेकाे छ ।आज हजुरको योजना सफल हुनेछन्।आज दिनभर ब्यस्त भइनेछ।आज साथिभाइ र सन्तानको सहयोग मिल्नेछ।विद्यार्थीको लागि आजको दिन राम्रो रहनेछ।मेहनत को फल अवश्य मिल्नेछ। स्वास्थ्य आज ठिकै रहने छ।दाम्पत्य जीवन सुखमय हुनेछ। व्यापार तथा लगानीमा धन हानिको योग छ विशेष ख्याल राख्नुहोला।आज खर्चमा वृद्धि हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेको छ। आजको दिन कसैप्रति अन्धभक्त बनेमा धोका पाइनेछ।आज नया साथीसङ्गी बनाइनेछ।बोल्दा धैर्य र संयमका साथ सोचे सम्झेर बोल्नु होला नत्र हजुरका प्रतिद्वन्द्वी त्यसैमाथि टेकेर अगाडि बढ्नेछन्। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।व्यापारमा सोचेअनुरुप प्रतिफल नमिल्न सक्छ।आजको दिन कतै धन लगानी गर्दै हुनुहुन्छ भने विज्ञको सल्लाह बिना नगरेको नै राम्रो हुनेछ। स्वास्थ राम्रो रहेको छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेको छ।।आजको दिन पारिवारिक जीवनमा सुधार आउने छ।आज बिग्रेका सम्बन्ध बन्नेछन्।आज बिग्रेका रोकिएका काम बन्नेछन्। आज कसैसँग मनमुटाव हुनेछ जस्ले गर्दा चिन्ता बढनेछ।दुर्घटनाको योग बनेको छ हरेक क्रियाकलाप बिशेष सावधानीका साथ सम्पन्न गर्नु होला।बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ।व्यापारमा लगानीको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा बाह्रौं स्थानमा रहेको छ। आजको दिन सामाजिक कार्यमा मन लाग्नेछ। आजको दिन रोकिएका र बिग्रिएका काम बन्ने छन्।आज आज आय संगसंगै बेय्यमा पनि वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।आज मिष्ठान भोजनको योग छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन पहिलो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन साथिभाइ आफ्न्तको सहयोग मिल्नेछ।पहिले गरेको कामको प्रतिफल आज मिल्नेछ।व्यापारमा लाभ हुनेछ। आज यात्राको योग पनि रहेको छ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ ।आज रिस ज्यदा बढ्नेछ।लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन सहयोगी हातको सहयोग मिल्नेछ ।आजको दिन उत्सुकताले नया काममा सफलता मिल्नेछ।आज रिसमा नियन्त्रण गर्नु होला नत्र ठुलै हानी हुनसक्छ।आफ्नो काम प्रतिको लगावले ठुलै सफलता मिल्नेछ।आज व्यापारमा आय भन्दा खर्च ज्यादा हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तेस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन कुनैपनि महत्त्वपूर्ण फैसला नगरेकै राम्रो हुनेछ।आज कामकाजमा सफलता मिल्नेछ।आजको दिन क्रोधमा नियन्त्रण राख्नु होला। बिद्यार्थीकाे लागि ठिकै छ। व्यापारमा मध्यम हुनेछ नोकरी गर्नेलाई भने राम्रो छ। परिवारसंग खट्पट् हुन सक्छ।।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा चौथो स्थानमा रहेको छ।आजको दिन लग्न जोस र जागरले काम गरेमा सफलताको शिखर प्राप्त गर्न सकिने । आज मानसम्मानमा वृद्धि हुनेछ।आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ।आजको दिन चिसो पेयपदार्थ नलिनु होला राम्रो हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा पाँचौं स्थानमा रहेकाे छ।आजको दिन निजी तथा कामकाजी जीवनमा सफलताको सिढी सहजै चढिने छ।आजको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव आउने छ।मानसम्मानमा वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।मीठो बोली बोल्नुहोला बोलिमा संयम राख्नुहोला।वादविवादमा पछि हटेको राम्रो हुनेछ। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ ।आजको दिन गरेका कार्य सफल हुनेछन् सहयोगी मन बनाएमा सहयोगी हात फेला पर्ने छन् जस्ले हजुरलाई पनि आयामिक उन्नति दिलाउने छ।आज आयमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेका छन्। आज पारिवारिक स्थितिमा सुधार आउने छ। आज दैनिकी सरल अनि सरस तरिकाले चल्नेछ।आज यश कृति प्राप्त हुनेछ। व्यापार वृद्धि हुनेछ।आर्थिक स्थिति सबल बन्नेछ। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो रहनेछ।स्वास्थ्य स्थिति सामान्य रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)द
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेका छन्।आजको दिन सामाजिक महत्त्वपूर्ण कार्यमा संलग्नता रहनेछ।आज मनमा डर चिन्ता हुनेछ। खानपिनमा रुचि बढ्नेछ।कुनै पनि कामलाई हल्का हिसाबमा नलिनु होला। आज साथिसङ्गी र मित्रको मन अनि आखामा स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ। बिद्यार्थीको लागि राम्रो रहेको छ। व्यापारमा वृद्धि हुनेछ।आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ। भुमि र घरको चिन्ताले सताउने छ। स्वास्थ्य पनि राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij