२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ ११ गते बिहीवारको राशिफल

आज आषाढ ११ गते बिहीवारको राशिफल

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमा दसौं स्थानमा रहेकाे छ । आज हजुरको मन उमङ्गले भरिपुर्ण रहनेछ।आज दैनिक कार्य सफल रहनेछन।आज केही भावुक पनि होइनेछ। व्यापारमा वृद्धि हुनेछ।विद्यार्थीको लागि आजको दिन राम्रो रहनेछ।मेहनत को फल अवश्य मिल्नेछ। स्वास्थ्य आज केही नराम्रो रहने छ। दाम्पत्य जीवन सुखमय हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेको छ। आजको दिन चिन्तामा केही कमि आउनेछ।आज श्रृजनात्मक र कलात्मक शक्ति मा वृद्धि हुनेछ।साहित्य क्षेत्रमा आज सफलता मिल्नेछ।आज परिवारिक जीवनमा सफलता मिल्ने छ। बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ।व्यापार राम्रो हुनेछ। स्वास्थ राम्रो रहेको छ। बोल्दा केही सोचेर बोल्नु होला गलत अर्थ पनि लाग्न सक्छ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजकाे दिन बाह्रौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन मानसिक तनाव र झन्झटबाट बचेर रहनुहोला।आज सामाजिक कार्यमा मन जानेछ। आज बिग्रेका रोकिएका काम बन्नेछन्। बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस । आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमा पहिलो स्थानमा रहेको छ। आजको दिन कहिबाट शुभ समाचार सुन्न मिल्नेछ।आजको दिन हजुरको राम्रोसँग बित्ने छ।आज स्वादिष्ट भोजनको योग छ। आज आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ। आज मिष्ठान भोजनको योग छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन चिन्ताले सताउने छ।।आज बोलि र व्यवहारमा संयमता अपनाउनु होला।व्यापारमा लाभ हुनेछ। आज यात्राको योग पनि रहेको छ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ । लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन तेस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन धेरै राम्रो रहेको छ।आजको दिन मानसम्मान यस कृति बढ्नेछ। आज ठूलाको आशिर्वाद मिल्नेछ। आज प्रियजनसंग भेटघाट हुनेछ। आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चौथो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन यात्राक‍ो योग रहेको छ। आज कुनैपनी कुराको सिधा र सटिक उत्तर दिनुहोला मत्भेद उत्पन्न हुनेछ ।आजको दिन क्रोधमा नियन्त्रण राख्नु होला। बिद्यार्थीकाे लागि ठिकै छ।मन चन्चल रहनाले पढाइ बाट मन बहकिन सक्छ। व्यापारमा मध्यम हुनेछ नोकरी गर्नेलाई भने राम्रो छ। परिवारसंग खट्पट् हुन सक्छ।।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमा पाँचौं स्थानमा रहेको छ। आजको दिन जिम्मेवारी बहन राम्रोसँग गर्नुहोला। आज आल्स्यले काम बिग्रन सक्छ उत्साहका साथ काम गर्नुहोला। आज मानसम्मानमा वृद्धि हुनेछ।आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमा छैटो स्थानमा रहेकाेछ।आजक‍ो दिन छट्पटी र चिन्ता बढ्ने छ।आजको दिन हजुरको स्वभावको गलत फाइदा उठाउनेछन् ख्याल गर्नुहोला।मानसम्मानमा वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।आज खर्च बढ्नेछ।मीठो बोली बोल्नुहोला बोलिमा संयम राख्नुहोला। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आजकाे दिन चन्द्रमा सातौँ स्थानमा रहेको छ । आजको दिन मानसम्मानमा वृद्धि हुनेछ।स्वादिष्ट भोजन मिल्नेछ। आज राम्रो समाचार प्राप्त हुनेछ।आज आयमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजकाे दिन आठौं स्थानमा चन्द्रमा रहेका छन्। आज बेकारको सोचमा समय र उर्जा बर्बाद हुनसक्छ। आज दिन कार्यमा सफलता मिल्नेछ जोखिम भने नमोल्नु होला। आज यश कृति प्राप्त हुनेछ। व्यापार सामान्य हुनेछ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।स्वास्थ्य स्थिति सामान्य रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)

आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेका छन् । आजको दिन कामको अधिक बोझ रहनेछ।आज मनमा डर चिन्ता हुनेछ। बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ।आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन । जय शम्भु ।।

https://www.facebook.com/SadhmargaAstrologyNepal/

सद्मार्ग र सदाचार जीवन जीउने आधार

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij