२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आजको तपाईको भाग्यफल वैशाख ०२ गते आइतबारको- राशिफल

आजको तपाईको भाग्यफल वैशाख ०२ गते आइतबारको- राशिफल

आज वि.सं.२०७५ वैशाख ०२ गते आइतबार, तदनुसार ई.सं.२०१८ अप्रिल १५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ ।सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन ।व्यापारमा ठिकठिकै छ । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, वैराग्यका भावना मँडारिन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ ।साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काममा हात हाल्ने समय छ पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्नेछ ।पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्ये धन आर्जन होला । नयाँ कामको प्रस्ताव आउनेछ ।हाँकेको ताकेको काममा सफल भइने छ विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij