२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

२५ वैशाख, विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा लगाउने भन्ने तय भएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने भएकाे बताए ।उनका अनुसार अचार्यलाई म्याद थपका लागि आजै जिल्ला प्रशासनमा लगिँदैछ ।

गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए । हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता-धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् । प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न मानेका छैनन् ।

गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको अवस्थामा भेटिएका आचार्यलाई उपचार गर्न विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । घटनास्थलमा भने ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा छरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij