अाज संविधान दिवस । यसै अवसरमा नेपालमा अाज विभिन्न कार्यक्रम अायाेजना गरि संविधान दिवस मनार्इंदै छ । जनताकाे भावना प्रतिनिधित्व हुने गरी संविधान जारी भएको विशेष उपलक्ष्यमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । अन्य विभिन्न ठाउँमा पनि विभिन्न कार्यक्रम अायाेजना गरिएकाे छ । अाज टुँडिखेलमा भएकाे कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । 
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।
आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij