२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

असार अन्त्यमा सकिँदै अप्पर सोलु हाइड्रोको शेयरको लकइन अवधि

असार अन्त्यमा सकिँदै अप्पर सोलु हाइड्रोको शेयरको लकइन अवधि

  • बुधबार, जेष्ठ २९ २०८२

काठमाडाैं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड कित्ता बढी शेयरको लकइन अवधि २०८२ असार २९ गते समाप्त हुने भएको छ ।

कम्पनीको संस्थापकले धारण गरेको १ करोड १ लाख ९२ हजार ५ सय कित्ता शेयर, आयोजना प्रभावित स्थानीयको नाममा रहेको १३ लाख ५० हजार कित्ता शेयर र कम्पनीका कर्मचारीले धारण गरेको ३९ हजार १ सय ५० कित्ता शेयर गरि कुल १ करोड १५ लाख ८१ हजार ६ सय ५० कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij