२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरिकामा काेराेनाले लियाे ५० हजार भन्दा बढीको ज्यान

अमेरिकामा काेराेनाले लियाे ५० हजार भन्दा बढीको ज्यान

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ५० हजार भन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट कम्तिमा ५१ हजार १७ जनाको ज्यान गएको छ ।

अमेरिकामा तीन महिनाको अवधीमा कोभिड–१९ बाट यति धेरैको संख्यामा ज्यान गएको हो । पछिल्लो पटक थाहा भए अनुसार अमेरिकामा गएको फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ । सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्कको न्यूयोर्क सिटीमा अहिलेसम्म कम्तिमा १६ हजार ६४६ जनाको ज्यान गएको छ । हालसम्म संक्रमितको संख्या अमेरिकामा ८ लाख ९० हजार भन्दा बढी पुगेको छ । यस्तै ४६ लाख ९२ हजार भन्दा बढी अमेरिकीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ ।

विश्वभर हालसम्म कोभिड–१९ बाट झण्डै एक लाख ९६ हजारजनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या २७ लाख ९० हजार भन्दा बढी पुगेको छ । सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको इटालीमा २५ हजार ९६९ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या एक लाख ९२ हजार ९९४ रहेको छ । स्पेनमा संक्रमितको संख्या दुई लाख १९ हजार भन्दा बढी छ र २२ हजार ५२४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ज्यान गुमाउनेको संख्या २२ हजार २७८ तथा संक्रमितको संख्या एक लाख ५९ हजार भन्दा बढी छ । एक लाख ४४ हजार भन्दा बढी संक्रमित रहेको बेलायतमा १९ हजार ५६६ जनाको ज्यान गएको छ । ५७ सय २३ जनाको ज्यान गएको जर्मनीमा संक्रमितको संख्या एक लाख ५४ हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij