काठमाडौं, २० चैतः डिजिटल वालेट ‘आइएमई पे’ ले अबदेखि दैनिक तीनपटकभन्दा बढी १०० रुपैयाँभन्दा माथिको कारोबारमा सेवाशुल्क लाग्ने व्यवस्था लागू गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाका अनुसार, एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई Send Money (P2P) सेवा मार्फत रकम पठाउँदा लाग्ने शुल्कबारे जानकारी दिएको छ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, “२०७८ साल चैत्र २० गतेदेखि लागू हुने नयाँ नियमअनुसार, एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई P2P मार्फत १०० रुपैयाँसम्म रकम पठाउँदा कुनै शुल्क लाग्ने छैन। साथै, दैनिक तीनपटकसम्म तथा मासिक ३० पटकसम्म १०० रुपैयाँभन्दा माथिको रकम पठाउँदा पनि शुल्क नलाग्नेछ।”
तर, तीनपटकभन्दा बढी कारोबार गरेमा वा मासिक ३० पटकभन्दा बढी १०० रुपैयाँभन्दा माथिको रकम पठाएमा सेवाशुल्क लाग्नेछ।
यसअघि, ईसेवा, खल्ती लगायतका डिजिटल वालेटहरूले पनि यस्तै नयाँ शुल्क संरचना लागू गरिसकेका छन्। तिनीहरूले दैनिक तीन पटकभन्दा बढी १०० रुपैयाँभन्दा माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्ने व्यवस्था लागू गरिसकेका छन्।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij