२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अन्तर विद्यालय फुट्सलको लागि तारकेश्वर हिसानको तयारी पूरा

अन्तर विद्यालय फुट्सलको लागि तारकेश्वर हिसानको तयारी पूरा

काठमाडौं । तारकेश्वर हिसानको आयोजनामा हुन लागेको प्रथम फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही भाद्र भाद्र २२ र २३ गते अर्थात भोलि र पर्सि आयोजना हुने फुटसल कार्यक्रममा तारकेश्वर नगरपालिका अन्तरगत प्लस टु कार्यक्रम चलाइरहेका ८ ओटा विद्यालयहरु सहभागि हुनेछन् ।

फुट्सल कार्यक्रम हिसान तारकेश्वरको आयोजनामा सञ्चालन हुनेछ भने उक्त कार्यक्रमको संयोजन प्रारम्भ वल्र्ड स्कुलले गरेको छ ।

तारकेश्वर हिसानले आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सबैगरी १९ टिमहरु सहभागि हुने जनाएको छ । जसमध्ये छात्र तर्फ १३ र छात्रा तर्फ ६ टिमको सहभागिता रहनेछ ।

फुटसलमा सहभागि हुने विद्यालयहरुमा प्रारम्भ वल्र्ड स्कुल÷ कलेज, एन्जल हर्ट स्कुल÷ कलेज, सेक्रेड हार्ट कलेज, हिम रश्मी हाई स्कुल-कलेज, ल्याण्डमार्क एकेडेमी, लालिगुराँस नेशनल एकेडेमी, कौशल इङ्गलिस स्कुल÷कलेज र सृजना ज्ञानसागर स्कुल÷कलेज रहेका छन् ।

फुटसल आयोजनाको उद्धेश्यबारे बताउँदै तारकेश्वर हिसानका अध्यक्ष लिल बहादुर पुनले पहिलो संस्करणको रुपमा अन्तरविद्यालय स्तरीय फुटसल आयोजना गरिएको बताउनुभयो । विद्यार्थीहरुको चौतर्फी क्षमता विकासमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत उहाँले बताउनुभएको थियो ।

यसैगरी हिसान तारकेश्वरका सचिव एवं प्रारम्भ वल्र्ड स्कुलका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले फुटसल कार्यक्रमले आपसी भाइचारा बढाउने र प्रतिष्पर्धात्मक तवरले काममा अघी बढ्न सहयोग पु¥याउने बताउनुभयो । साथै पहिलो संस्करणको फुट्सलको संयोजनकारी भूमिका आफूहरुले निर्वाह गर्न पाएकोमा कृतज्ञता व्यक्त गर्दै खेललाई सभ्य, भव्य र ऐतिहासिक बनाउन आफूहरु पूर्ण रुपमा समर्पित रहने समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij