अहिले नेपाल विनिर्माण र पुननिर्माणको चरणमा छ यो चरण सम्म आइपुग्नका लागि विधार्थी आन्दोलनले प्रत्येक्ष अप्रत्यक्ष रुपमा योगदान रहेको छ ।

![]()
प्राय जसो सबै देशको राजनीतिक इतिहासमा विधार्थी आन्दोलनले मत्वपूर्ण भूमिका खेलेको छ त्यस्तै नेपाली राजनीतिक इतिहासमा अनेरास्ववियुले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अनेरास्ववियुले शिक्षिक क्षेत्रमा मात्र सिमित नभएर राष्ट्रको राजनैतिक आन्दोलनको अभिन्न अङ्ग बन्दै करिब साढे दुइ शताब्दी लामो राजतन्त्रात्मक शासन व्यवस्था, हिन्दु व्यवस्थामा आधारित उच्च जातीय सामन्ती केन्द्रिकृत र एकात्मक राज्यका अवशेष भत्काउँदै संघीय लोकतान्त्रिक गणतन्त्र निमार्णका निम्ति इतिहास देखि हाल सम्म महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ त्यसैले नेपालि विधार्थी आन्दोलनको इतिहासमा अनेरास्ववियुको महत्वपूर्ण स्थान छ । अनेरास्ववियुले आफ्नो मातृ पाटि नेकपा एमालेलाइ प्रमुक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न पनि खास योगदान गरेको छ। आज नेकपा एमाले पाटिको पदाधिकारी, स्थायी कमिटि सदस्य ,पोलिटव्युरो सदस्य , केन्द्रीय सदस्य हुँदै जिल्लाका विभिन्न तहतप्कामा विगतमा अनेरास्ववियुमा बसेर काम गरेका नेतृत्ववर्ग छन् । यसबाट पनि अनेरास्ववियु पाटीका लागि भविष्यमा नेतृत्व उत्पादन गर्ने कारखाना हो, जहाँ नेतृत्व विकासका लागि केहि सिक्ने, खारिने, पोख्त बन्ने अवसर पाउँछन्, जसले पछि भविष्यमा पाटीलाई र पाटीको माध्यमबाट राष्ट्रलाई नेतृत्व गर्दै मौका पाउँछन्, जसले गर्दा उक्त नेतृत्वले अनेरास्ववियु हुँदा सिकेका आफ्नो क्षमतालाइ त्यतिबेला सहि उपयोग गर्न पाउँछ ।
वि.सं २०२२ मा स्थापना भएदेखि हालसम्म हजारौं हजार विद्यार्थी नेता कार्यकर्ताले यस सङ्गठन निर्माणमा आफ्नो पसिना बगाएका छन् भने सयौंले बलिदान पनि गरेका छन् । यसरी निर्मित सङ्गठनबाट लाखौले आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्न पाएका छन् । हाल सम्म आइपुग्दा अनेरास्ववियुले बाइसौ सम्मेलन गर्न सफल भएको छ । विकास क्षेत्र , अञ्चल, जिल्ला, क्षेत्र ,क्याम्पस, विद्यालय, गाउँ, नगर कमिटिहरु गठन गरि क्रियाशील भैरहेको सङ्गठन संघियतामा गइसकेपछी त्यहि अनुरुप कमिति निर्मार् गरि सङ्गठन परिचालन गर्दैछ ।
करिव ७ लाख भन्दा बढी सदस्य रहेको यो सङ्गठन देशकै ठुलो विद्यार्थी सङ्गठन हो । यो विधार्थी सङगठन देशकै पहिलो सङ्गठन भैरहँदा यो कतिको समावेशी छ, साथै यो सङ्गठनको माध्यमबाट समाजका उत्पीडित जात, जाति, क्षेत्र, लिंग, वर्ग र समुदायका विद्यार्थीलाइ कतिको समावेश गरेको छ ? उनीहरुले यस सङगठनको माध्यमबाट आफ्नो नेतृत्व विकास गर्ने अवसर पाएका छन् कि नाइँ भन्ने कुरा प्रमुख हो किनभने आजको विद्यार्थी भोलिको देशको कर्णधार भनेझैँ आजको विद्यार्थी नेता कार्यकर्ता भोलि देशको नेता हो, त्यसैले आज हामीले विकासको कुरा गरिरहँदा त्यसमा सबै जति,सबै भाषी, लिंग, समुदायको उपस्थीति हुन जरुरि छ । त्यसका लागि सबै क्षेत्रबाट नेतृत्वको विकास हुनु जरुरि छ । अाज अनेरास्ववियुलार्इ सुजन खरेल देखि नबिना लामा सम्मले नेतृत्व गरिरहँदा कति जना दलित , महिला, मधेशी, जनजाती अल्पसंख्यकले नेतृत्व गर्ने अवसर पाए वा कति जनाले पदाधिकारी, स्थायी कमिटि वा बिभाग प्रमुख बन्ने अवसर पाए भनेर अनेरास्ववियुको इतिहासलाई खोजी गर्दा दलित विद्धार्थीको पक्षबाट अनेरास्ववियु इतिहास हेर्दा पहिलो सम्मेलन देखि उन्नाइसौं सम्मेलन सम्ममा १ जना राष्ट्रिय परिषद सदस्य र ३ जान केन्द्रीय सदस्य बनेको इतिहास छ जुन एकदमै पीडादायक, दुखित , लज्जित र हिन्तायुक्त इतिहास हो । उन्नाइसौं सम्मेलनबाट उत्पीडित र पछि विसौं सम्मेलनबाट दलित कोटा मार्फत ५-न्६ जना केन्द्रीय सदस्य आउने बाटो खुल्ला गरेको पाइन्छ । यो विचमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा खुल्ला रुपमा केहि २-३ निर्वा्चित पनि भएका छन् तर उनीहस्मा सम्भावना हुँदाहुँदै पनि विचबाटै विद्धार्थी राजनीतिबाट विश्राम लिन बाध्य पारिएका छन् किनकि दलित नेतृत्व आर्थिक अभाव, राजनैतिक अविभावकको कमी, विभेदकारी सामाजिक, आर्थिक,राजनैतिक संरचनाले प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसमाथि कडा प्रतिस्पर्धा, त्यसैले आज सम्म अनेरास्ववियुमा दलित नेतृत्वले सचिवालय वाटै विदा लिनु परेको दुखत अवस्था छ । अहिलेकी नबिना लामा नेतृत्व अनेरास्ववियुको केन्द्रीय कमिटिको अध्ययन गर्दा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, विभाग प्रमुख, स्थायी कमिटि, सचिवालय, केन्द्रीय सदस्य र राष्ट्रिय परिषद संरचनामा क्रियाशिल छ, जसमा दलित नेतृत्वको उपस्थिति क्रमश १९ जना स्थायी कमिटीमा शुन्य, ४३ जना सचिवालयमा २ जना, केन्द्रीय सदस्य १६० जनामा जम्मा ५ त्यसमा पनि ३ जनाले अनेरास्ववियुबाट विदा लिइसकेका छन् भने १४५ जना रा.प्.ष मा जम्मा ५ जना जुन अखिलको सम्पूर्ण केन्द्रिय र पदाधिकारीको सख्याको प्रतिशतका हिसाबले १ प्रतिशत पनि हाेइन । यो उपस्थितिले अनेरास्ववियु अझै पनि दलित मुद्दामा त्यति सकारात्मक छैन भन्ने देखाउछ साथै दलित नेतृत्वलाई नेतृत्व विकासका निम्ति बाटो छेकिरहेको छ भन्ने कुरा तथ्यले स्पस्ट पार्छ ।
आज दलित समुदायको निम्ति राजनीति एकदमै आवश्यकता छ किनकि सताब्दी देखि समाजको दलनमा परेका वर्गका मुक्तिका निम्ति राजनीति प्रमुख अस्त्र हुन सक्छ । आज यहाँ नेतृत्व विकास गरेका विद्धार्थी नेताले नै भोलि पाटि राजनीतिकाे माध्यमबाट समाज र देशको नेतृत्व गर्ने ठाउँमा पुग्छन् तर विडम्बनम आज हामीले बिउ नै रोपेका छैनौं भने कसरि भविष्यमा राम्रो फल उत्पादन गर्न सकिन्छ । आज अरु विद्यार्थी सङ्गठन जस्तै नेवि संघ, अखिल क्रान्तिकारीले दलितका निम्ति पदाधिकरिमा सुनिश्चित गरि जिम्मेवारी दिइरहँदा नेपालकै पहिलो सङ्गठन अनेरास्ववियुले अब दलित विद्धार्थीले पदाधिकारी दिने कि यो महत्वपूर्ण विषय हो । अनेरास्ववियुले पदाधिकरिमा जनजाती, महिला, मदेश आदिलाई समाबेश गरिरहँदा दलितलार्इ वेवास्ता गर्नु दुखको कुरा हो ।
यहि जेठ ४ र ५ गते काठमाण्डौमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठक बस्दैछ । सायद यस बैठकले नयाँ नेतृत्व चुन्ने, त्यस्तै केहि सदस्य मनोनयन गर्ने महत्वपूर्ण निर्णय गर्ने सङ्केत देखिन्छ तसर्थ अब अनेरास्ववियुका पुर्व तथा वर्तमान नेतृत्वले जिम्मेवारीपुर्वक दलित नेतृत्वबारे जिम्मेवारीले सोच्न जरुरि छ । अब अनेरास्ववियुमा दलित , अल्पसंख्यक , उत्पीडित वर्गलाइ पदाधिकारी , सचिवालय र केन्द्रीय कमिटीमा आउने सुनिश्चित गर्नु पर्छ यसो गर्नाले अनेरास्ववियुको नारा“ देशभरिका सम्पूर्ण प्रगतिशील जनबादी तथा देशभक्त विधार्थी एकजुट हौऔं“को सम्मान बढ्न जान्छ किनकि देशभक्ति, प्रगतिशील र जनबादी भित्र सबै समुदाय वर्ग, लिंग र क्षेत्रको झझल्को आउँन सक्ने हुनुपर्दछ तब मात्र अनेरास्ववियु अनेरास्ववियु हुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij