२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अटोमाेबाइल व्यवसायीहरुकाे महाकुम्भ मेला ‘नाडा अटो शो’ भृकुटीमण्डपमा शुरु

अटोमाेबाइल व्यवसायीहरुकाे महाकुम्भ मेला ‘नाडा अटो शो’ भृकुटीमण्डपमा शुरु

 

काठमाडौं । १५औँ संस्करणकाे नाडा अटाे शाे भृकुटिमण्डपमा शुरु भएकाे छ । यस मेलालाइ अटोमोबाइल्स क्षेत्रको महाकुम्भ मेला समेत  मानिन्छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजना गरेको उक्त मेलाको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२३’  ६ दिन  अर्थात भदौ ३१ गते) म्म संचालन हुनेछ । अटो शोको मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ भने सह-प्रायोजक शिखर इन्स्योरेन्स कम्पनी छ ।

अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूब, टायर, हेलमेटको स्टल राखेका छन्।

प्रदर्शनीमा ठूला तथा सानागरी करिब १२० वटा स्टल छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनीमा राखिएको छ ।

यस्तै, प्रदर्शनीमा सवारी ब्राण्डका अलावा ९ वटा बैंक तथा वित्तीय संस्था, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij