२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सम्झनामा बा

सम्झनामा बा

 

  • पुष्पलाल पाण्डे

पूर्ब लालिम्य भएर उदाउँदै थियो । क्षितिज अर्को नयाँ दिनको सङ्केत गर्ने हतारोमा थियो। एउटा अर्को बिहानी जन्मिने बेलाको त्यो प्रसव समय मेरा लागि भने त्यति सुहाउँदो थिएन ।

बाहिर चरिको चिरबिर सङ्गै भित्र सातौ तलाको ओछ्यानमा बाले अन्तिम सास फेर्दै हुनुहुन्थ्यो । बाहिर उज्यालिदै गर्दा भित्र बाका आखामा कालो बादल छाइसकेको थियो । त्यो बिहान अर्थात ०७१ जेठ ९ को बिहान । बाले आँखा चिम्लिदैगर्दा अँध्यारोको अनुभुती मैले गरेको थिए । सिङ्गो क्याबिनमा बा, डाक्टर मनमोहन सिंह र म मात्रै थियौ । डाक्टर सिंह अप्रेसनको तयारी गर्दै थिए । तर बाले डाक्टर सिंह र उनको टिमले गर्ने अप्रेसन सम्म पनि पर्खनु भएन । चिम्लिक्क आँखा चिम्लिदिनुभो र संसार छोडिदिनुभो ।

बा मर्नु भो । मलाई लाग्यो बासङ्गै सबै गयो । जेठको पौने तीन काठमाडौँ उठ्दै हुन्थ्यो । तर दिल्ली भर्खर सुत्ने तरखरमा थियो । बा निर्जीव हुनुभएको थियो । अनुहार हेरे सदाझैँ मुस्कानमै हुनुहुन्थ्यो । भाषण गर्न लागेजस्तै चोर औंला ठड्याउनु भएको थियो । बा मुसुक्क हास्नु भएको थियो । म भने रुदा रुदै रित्तिएको थिए । आसु सकिएकोले होला आँखा पिरा भएका थिए । कसैलाई खबर गर्न सकेको थिइन ।

बिहान सात बजे बाको अप्रेसन थियो । बिहान पाँच बज्नै लाग्दा दिल्लीमा उपलव्ध साथीहरू आउनु भयो ।

बाको अप्रेसन हुन्छ र बा बाच्नुहुन्छ । मेरि यत्ती अभिलाषा थियो । बिहान जम्मा हुँदै गरेका तमाम साथीहरू पनि यहि सोच्दै र कामना गर्दै थिए । बाको हकमा डाक्टर सिंहको अप्रेसनको तयारी काम लागेन । उहाँलाई चाहाने तमाम समर्थक , शुभेच्छुक हरुको कामनाले पनि काम गरेन । न त काम गर्‍यो छोराको पुकारले पनि । यी केही नसुनी बा जानू भयो । हिजोसम्म सबका कुरा सुन्ने । सबैका दुख बुझ्ने । कसैलाई कहिल्यै नबिझ्ने बा आज कसैका कुरा नसुनी जानुभो । सबैका मन बिझाउदै जानुभो ।

बा जानुभो । बढो विषाद मनैभरी भयो । बेदना र पिडाले मन पोलिरह्यो । दिल्लीजस्तो ठाँउमा एकछिनमै सयौं साथिहरु जम्मा हुनुभयो । बाप्रती श्रद्धाञ्जली अर्पण गर्नुभयो । समवेदना दिनुभयो ।

बाको शव लिएर सुनौलीबाट हामी हाम्रो देश छिर्‍यौ । हजारौं सोकिलजनहरु सोकाकुल हुनुहुन्थ्यो । सबैको अनौठो सम्मान थियो बाप्रती । भैरहवा , बुटवल त पुरै शोकाकुल थियो । तानसेन रुदै पर्खिरहेको थियो बाको शब यात्रा । रिडि पुग्दा रिडि र कालीगण्डकी घोप्टिइ घोप्टिइ रोइरहेका थिए । जनजनका आखाबाट बगेका कालिदहले सबका मन हिलाम्य थिए ।

बाको अनायास गमनको वेदना सङ्गै मैले जनजनको बाप्रतिको सम्मान हेरिरहेको थिए । बलेटक्सार पुगेपछि म झल्यास्स भए । यति बेलासम्म बित्नु भो भन्ने ठानेका मेरा बा जुरुक्क उठेझै लाग्यो । बिरबहादुर ढेगा ८६ ले बाको शबलाइ अङ्गालो हाल्दै भनेका कुराले मलाई लाग्यो बा त मर्नु भएको छैन । त्यसपछि त मैले सडकको पदचाप सुने, लमतन्न तेर्सिएका पाइप र पाइप भित्र सुलुलु बग्दै गरेको पानीको कलकल आवाज सुने ।सडकले भन्यो यो सडकको हर कणमा टोमलाल पाण्डे हुनुहुन्छ । कानैमा आएर सडकले भन्यो – कसले भन्छ टोमलाल मर्‍यो भनेर ? जबसम्म यो सडक रहन्छ तबसम्म टोमलाल पाण्डे बाचिरहन्छ । धाराको छर छर आवाजले त्यही भन्यो । खेतको बिचमा लमतन्न तेर्सिएको कुलोदेखी गाउँको बिद्यालयले भन्यो – तिम्रा बा उनका सयौ कृतिहरुमा बाँचिरहेका छन ।

त्यसपछि मलाई पनि लाग्यो – होत हाम्रा बा हजारौं गाउँलेहरुका नागरिकतामा पनि जीवितै हुनुहुन्छ । अन्यायमा परेका लाखौं दुखिजनको न्यायिक मनमा बा हुनुहुन्छ ।

खानेपानीका पाइपका डोब खोत्ल्दै जादा बा भेट्न थाले । बिध्यालय क्याम्पसका चोटा चोटामा बाको मधुर मुस्कान देख्न थाले । गाउँ गाउँ पुगेको बिजुलिको बिजुलिको प्रकाशमा बाको अन्तस्करण सुन्न थाले । त्यसपछि लाग्यो बा त आफ्नो सेवाभावमा जीवन्त हुनुहुँदोरहेछ । निष्ठा र इमानमा अटल हुनुहुँदोरहेछ । आफ्नो पौरख कृतिमा अमर हुनुहुँदोरहेछ ।

अहिले त म तम्घास प्युठान मोटर बाटोमा बा देख्छु । बाङ्ग्रा धुर्कोट खानेपानीको कलकलमा बा भेट्छु ।

बाले निर्माण गरेका सयौँ एमाले कार्यकर्तामा बा भेट्छु । बाले सेवा गरेका हजारौं गुल्मेलिहरुमा बा भेट्छु । अर्थात निष्ठा, सेवा र इमानमा बा भेट्छु । सधैँ चिटिक्क पर्ने र छड्के टोपिमा ढ्ल्केर हिँड्ने हाम्रा बा म हर मनहरुमा भेट्छु

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij