२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पाउलो कोयलोको पुस्तक ‘अल्केमिष्ट (किमियागार)’ पुस्तकका १० महत्वपूर्ण सन्देशहरु

पाउलो कोयलोको पुस्तक ‘अल्केमिष्ट (किमियागार)’ पुस्तकका १० महत्वपूर्ण सन्देशहरु

यो पुस्तक सपना देख्ने र लक्ष्य प्राप्त नभए सम्म निरन्तर पछ्याईरहने व्यक्तिहरुमा समर्पित छ । यी हुन् पुस्तकका मुख्य सन्देशहरुः

१. सपनाः
तपाईं हामीमा सपना छ भने त्यो सपना अवश्य पूरा गर्न सक्छौं ।

२. डरबाट मुक्तिः
सपना देखेर त्यसलाई पूरा गर्नको लागि जस्तोसुकै त्याग र परिस्थिति सामना गर्नको लागि पनि म तयार हुन्छु भन्ने हिसाबले आफूलाई तयार पार्नु जरुरी हुन्छ । हामी सबै सफल बन्न चाहेर पनि सफल बन्न नसक्नुमा डर ठूलो शत्रुको रुपमा रहने गर्दछ । जब हामी सुरक्षा तर्फ केन्द्रित हुन्छौं, हामी अस्पष्ट र अपरिचित यात्रामा अघी बढ्नै सक्दैनौं ।

खजाना आफैं भित्र छ । हामी आफूसँग भएको खजाना (अनन्त सम्पत्ति) बारे अपरिचित छौं । यसैकारण त्यो खजाना बाहिरी संसारमा खोजिरहेका छौं ।

४. ब्रह्माण्ड हाम्रो लागि सहयोग नै गर्दछ
आफ्नो सपनामा यदि हामी साँच्ची प्रयत्नशिल रहन्छौं भने ब्रह्माण्डका हरेक शक्तिहरु (माटो, पानी, हावा, पहाड लगायत) सबैले हामीलाई साथ दिनेछन् ।

५. सङ्केतको अनुशरण
ठूलो दिवा सपना देखेपछि त्यस दिशामा अघी बढ्नको लागि हामीलाई बाटो स्पष्ट हुँदैन । यसकारण अनेकौं बाधाव्यवधान सामना अवश्य गर्नुपर्छ । त्यो बाटो आफैंले खोज्दै र बनाउँदै अघी बढ्नुपर्छ । यसरी अघी बढ्ने क्रममा हामीलाई ब्रह्माण्डबाट थुप्रै सङ्केतहरु प्राप्त हुन सक्छन् । ती सङ्केतले निर्देशित गरेअनुसार आफूलाई अघी बढाउने हो भने हामी गञ्तव्यमा पुग्न सक्छौं ।

६. सपना देख्न बलियो पृष्ठभूमि चाहिँदैन
सपना देख्नको लागि तपाईं हामी माथिल्लै अवस्थाको अर्थात बलियो पृष्ठभूमि भएको व्यक्ति हुनुपर्छ भन्ने जरुरी छैन । तपाईं जस्तो परिवारमा जन्मनुभएको होस्, अहिलेको अवस्था जेसुकै होस्, अध्ययन जतिसुकै गर्नुभएको होस्, त्यसले केही फरक पार्दैन । बरु त्यो सपना के हो भन्ने स्पष्टता र त्यो सपना पूरा गरेरै छोड्ने अठोट र धैर्यता भने आवश्यक पर्छ ।

७. खुसी र कृतज्ञता
हामी कठिन यात्रामा निस्किरहँदा पनि त्यो हाम्रो सच्चा सपना हो भने हामी त्यसमा खुसी भइरहन सक्छौं । जब हामी भित्रबाटै खुसी र कृतज्ञ भावमा हुन्छौं । बाहिरी पीडाकष्टहरुले हामीलाई विचलित गर्न सक्दैनन् । बरु अनेक कठिनाईका बाबजुद हामीलाई एक पछि अर्को गर्दै हाम्रो लक्ष्य अनुसारका चीजवस्तु, परिस्थिति वा घटना प्राप्त हुन्छन् । जसले हामीलाई लक्ष्यमा छिटो पुग्न सहयोग गराउँछन् ।

८. बीचमा यात्राबाट नबाहिरिउँ
सफलता हासिल नहुनुमा लक्षित यात्राबाट नै बाहिरिने परिपाटी अधिकांश व्यक्तिहरुको रहन्छ । जसबाट लक्ष्यको नजिकै पुगेर पनि सफल भईंदैन । यात्रामा निस्किइसकेपछि मनमा यो विचार लिनुपर्छ कि सय पटक लडेँ भने पनि म विचलित हुने छैन, थप अर्को प्रयत्नमा उठेर जितेँ भने मेरा विगतका सम्पूर्ण असफलताहरु क्षणभरमा उत्सवमा बदलिनेछन् ।

९. आफ्नै ट्रायलबाट सिकौंः
आफ्नो सफलताको लागि यात्राको खोजीमा हामी आफैं निस्कनुपर्छ । जब हामी सपना देखेर कत्ति अघी बढ्दैनौं, हामी सफल हुने सम्पूर्ण आधारहरु बन्द हुन पुग्छन् । तथापि जब हामी अघी बढ्छौं, कहिले बाटो बिराउँला, कहिले गल्ति गरौंला । तर प्रत्येक घटनाबाट केही न केही अवश्य सिक्छौं । यसकारण सफलता पाउनको लागि मैदानमा त उत्रिनैपर्छ ।

१०. निर्णय
सपनालाई पूरा गर्नुछ भने तत्काल निर्णय लिन सक्नुपर्छ । पहिलोपटकको निर्णय पूर्ण सही भएन भने पनि केही फरक पर्दैन । किनकि हाम्रो यात्रा त्यहीँ टुङ्गिने किसिमको होइन । त्यस गल्तिले हामीलाई पुनः नयाँ तरिकाले सोच्न बाध्य बनाउँछ । एक दुईटा सफलता हासिल नहुँदैमा आत्तिनुभएन । अरुबाट सल्लाह लिन वा त्यस किसिमको प्याटर्नलाई अनुशरण गर्न सकिन्छ । तथापि निर्णय लिनुपूर्व त्यो सल्लाह आफ्नो लागि उचित छ वा छैन भन्ने आफैंले विचार गर्नुपर्छ ।

धन्यवाद । शुभ दिन ।

#कमल पन्थी #पुस्तक सारांश #Book_Review

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij